Butwal Today

सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घट्यो

७ चैत्र २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, ७ चैत ।

बिहीबार सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मुल्य कायम भएको थियो, आज पनि सोही मुल्य कायमै रहेको छ । आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ । जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ ।