© २०२३
बुटवल, ७ चैत ।
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन भएको छ । केसीको बुधबार अबेर उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएको हो ।
अर्थशास्त्र बिषयका प्राध्यापक ५५ बर्षीय केसीलाई मृगौलाको समस्या रहेको तथा केही दिन अघि मात्रै निमोनिया समेत देखिएको थियो । निडर, प्रष्ट वक्ता एवं अर्थविश्लेषकका रूपमा परिचित केसी स्नातकोत्तर तह अर्थशास्त्र विभागका विभागीय प्रमुख समेत थिए ।