Butwal Today

बिश्वशान्ति पुजा र गुम्बाका लागि दानबिरहरुको ओइरो

७ चैत्र २०८१, बिहीबार
अ+
अ-

बुटवल, ७ चैत ।

हाम्रो चाहना बिश्वशान्तिको कामना भन्ने उद्धेश्यका साथ टाशि छ्यो फेल लिंङ्ग जितु वौद्ध गुम्बा वुटवल–१० रामनगरका लागि विभिन्न क्षेत्रमा रहेका गुरुङ समुदायले दिनहुँ दान गरिरहेका छन् । एक कठ्ठा पाँच धुर जग्गासहित करिब २ करोडको भौतिक संरचना बनिसकेको यो गुम्बाको उद्घाटन तथा ह्युम पोस्ती पाठ वाचनको तयारी गरिएको छ ।

गुम्बामा राखिएको मूर्तिको प्राणप्रतिष्ठा एवं गुम्बा समुद्घाटन कार्यक्रमको तयारी पूरा भएको यसको व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। यो कार्यक्रमको अवसरमा सबै दानवीरहरुलाई विशेष सम्मान गरिने भएको छ ।

विश्व शान्तिको कामना स्वरुप चैत्र ८ देखि ११ गतेसम्म ह्युम पोस्ती पाठ वाचन हुने गुम्बाका संरक्षक तथा सल्लाहकार झपटबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार यो विशेष अवसरमा दानवीरलाई सम्मान गरिने भएको हो ।

पुण्य अनुष्ठानमा सहभागिता जनाई पुण्यलाभको लागि समेत उनले सबैलाई आग्रह गरेका छन् । सो कार्यक्रममा बौद्ध विद्वान गुरु खेन रिन्पोछे शिर लामा गुरुङबाट जीवन दर्शन सम्बन्धि धर्म प्रवचन हुनेछ भने समापनको दिन ११ गते विश्व प्रशिद्ध बौद्ध गुरु परम पुज्य खेन रिन्पोछे साङ्गे राज्युङ बाट दिव्य प्रबचन तथा दिर्घायु अभिषेक प्रदान हुने गुम्बाका अध्यक्ष केशर बहादुर गुरुङले बताए ।

चैत्र ८ गते शुक्रबार बिहान ९ः३० बजे गुम्बा परिषरबाट प्रभात फेरि शान्ति पद–यात्रा गरि प्रज्ञापारमिता ग्रन्थलाई गुरुङ जातिहरुको संस्कारमा संस्कृतिमा प्रयोग हुने बाजागाजासहित नगर परिक्रमा गराइने,दैनिक प्रवचन हुनेछ साथै ११ बजे दिप प्रज्वलन गरी विश्व शान्ति पुजा समुद्घाटन बाचन प्रारम्भ गरिने तथा हवन पुजा हुनेछ । चैत्र ११ गते गणचक्र पुजासहित गुम्बामा भएको मूर्तिको प्राणप्रतिष्ठा गरी उद्घाटन कार्यक्रम राखिएको सल्लाहकार देवप्रसाद गुरुङले बताए।

कार्यक्रममा गुरुबाट दिर्घायु अभिषेक वाङ् प्रदान गरी गुम्बा परिवारबाट गुरु मण्डल अर्पणसहित कार्यक्रम समापन गरिने सचिव डोलबहादुर गुरुङले बताए। कार्यक्रमको अगाडि नै करिब १ करोड रकम संकलन भैसकेको छ । आयोजक समितिले यो समुदायको विशेष पुजा भएकाले नछुटाउन सबैलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?