Butwal Today

बालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ चैत्र २०८१, बिहीबार
अ+
अ-

बझाङ, ७ चैत ।

बझाङबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।
सूर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । पवनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।