ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पहुँच मार्गले जोड्दै गाउँ

७ चैत्र २०८१, बिहीबार
७ चैत्र २०८१, बिहीबार

पाल्पा, ०७ चैत ।

रम्भा गाउँपालिकाको कार्यालयको पहुँच मार्गको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य पुरा भएको छ । स्थानीय सरकारको लगानीमा १ हजार १ सय मिटर लम्बाई रहेको सडकको कालोपत्रे गरिएको छ । सिद्धार्थ राजमार्गको पिपलडाँडा देखि गाउँपालिका सम्मको सडक कालोपत्रे नहुँदा वर्षादमा हिल्यामे र हिउँदमा धुलाम्य भएर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयहरू बताउँछन् ।गाउँपालिकाको मुख्य प्राविधिक दिपक कुमार सारुका अनुसार स्थानीय सरकारको मात्र लगानीमा १ करोड २१ लाख रूपैयाँको लागतमा कालोपत्रे नाली निर्माण ग्यामिड्ड सहित ठेक्का प्रणाली बाट स्तरोन्नतीको काम भएको छ । संघीय सरकारले गाउपाँलिकाको केन्द्र जोड्ने पहुँच मार्ग कालोपत्रे गर्ने भनिए पनि कार्यालयको भवन निर्माण प्रकृया अगाडि बढ्न सकेको थिएन । कार्यालय भवन निर्माण प्रकृया अगाडि बढ्यो तर पहुँच मार्गका स्तरोन्नतीका लागि स्थानीय सरकार आफैले लगानी गरेको प्रमुख प्रशासकीय अधिकृत विर बहादुर पुनले बताए ।

संघीय सरकारले पहुँच मार्गका लागि लगानी गर्न भनिए पनि माथागढी, निस्दी गाउँपालिकाको कार्यालय जोड्ने पहुँच मार्ग वर्षादमा हिलाम्य र हिउँदमा धुलाम्य हुने गर्दछ । रैनादेवी गाउँपालिका र रिब्दीकोट गाउँपालिका गाउँपालिका जोड्ने लुम्बिनी प्रदेश सरकारले मुख्य गौरवको योजना रामपुर, सल्यान, कपुरकोट सडक योजना अन्तर्गत पर्ने भएपनि पाल्पा खण्डमा प्रदेश सरकारले ठेक्का तथा टेण्डर प्रणालीलाई नै अगाडि बढाउन नसक्दा यस सडक खण्डमा यात्रा गर्ने यात्रुले सास्ती नै बेहोर्दै आउनु परेको छ ।प्रदेश सरकारले यस सडक खण्ड अन्तर्गत बहुवर्षिय योजना अन्तर्गत रिब्दीकोट सिमाना सम्म २६ करोड रूपैयाँ विनियोजन गरेपनि पाल्पा खण्डमा कामको प्रकृया अगाडि बढेको छैन । प्रदेश सरकारको योजना भएकाले स्थानीय सरकारले लगानी गर्न कानुन त नमिल्ने हुदा स्थानीय जनप्रतिनिधिले अपजस नै बेहोर्दै आएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?