ट्रेंडिंग:

>> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती

दोस्रो लुम्बिनी मिडिया सम्मेलनः सात सत्रमा दर्जन बढी विज्ञसँग छलफल

७ चैत्र २०८१, बिहीबार
७ चैत्र २०८१, बिहीबार

बुटवल, ०७ चैत ।
सञ्चार माध्यमका समस्या र चुनौतीबारे विज्ञहरूको सहभागितामा छलफल गर्दै अवसर र सम्भावनाको खोजी गर्न बुटवलमा दुई दिने मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरूको सहभागीतामा चैत ८ र ९ गते मिडिया सम्मेलन हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरि सातवटा सत्रमा विभाजन गरी कार्यक्रम गरिने संघका अध्यक्ष नवराज कुँवरले बताए । औपचारिक उद्घाटन सत्रसंगै लगातार अन्तरक्रिया कार्यक्रमहरू हुने उनले बताए । “परम्परागत मिडियाः आजको अवस्था, भोलिको बाटो” विषयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका रामेश्वर थापाले प्रस्तुती राख्नेछन् ।

त्यस्तै छापा माध्यम, किन र कसका लागि ? भन्ने विषयमा छलफल हुनेछ । जसमा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीको प्रस्तुती रहने छ ।सम्मेलनको चौथो सत्रमा के अनलाइन पत्रकारिता सधैका लागि हो ? भन्ने विषयमा छलफल गरिने छ । जसमा अनलाइन खवरका धर्मराज भुसाल र बाह्रखरी मिडियाका प्रतिक प्रधानले प्रस्तुती राख्ने छन् । त्यस्तै पाँचौ सत्रमा किन फस्टाउन सकेन विज्ञापन बजार ? भन्ने विषयमा छलफल हुनेछ ।जसमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रस्तुती रहने छ ।

छैठौं सत्रमा अनेक संस्थाः नियमन कि नियन्त्रण ? भन्ने विषयमा छलफल हुनेछ । जसमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारीले प्रस्तुती राख्ने छन् भने सम्मेलनको सातौं सत्रमा “सम्बन्धः पत्रकार र पत्रकार महासंघकोः के भयो ? के हुँदैछ ?” भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष विपुल पोखरेल र दैनिक लुम्बिनीका सम्पादक शेरबहादुर केसीको प्रस्तुती रहनेछ ।

रूपन्देही जिल्लाका प्रकाशक र प्रसारणहरूलाई गोलबद्ध गर्दै अघिल्लो वर्ष प्रदेशस्तरमा संघ बिस्तार गरेको अध्यक्ष कुँवरले बताए । कार्यक्रममा विज्ञहरूका प्रस्तुतीसंगै सहभागीहरूको अन्तरक्रिया प्राथमिकतामा रहेको उनले बताए । मिडिया सम्मेलनले सञ्चारमाध्यमहरूको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने गरी सम्मेलनबाट ठोस कार्ययोजना तयार गर्ने उनको दाबी छ । कार्यक्रममा संघका उपाध्यक्ष विष्णु भुसालले यो सम्मेलन मिडियाको भविष्यका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । गतवर्षको निरन्तरता स्वरूप कार्यक्रम हुन लागेको उनले बताए ।

मिडिया सम्मेलनले सञ्चारमाध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको संघका सचिव माधव नेपालले बताए । उनले सम्मेलनमा रेडियोहरूको विषयमा छुट्टै प्रस्तुती नराखिए पनि सहभागी विज्ञहरू नै रेडियो सञ्चालक समेत भएकाले एफएम रेडियोका समस्या पनि उजागर हुने विश्वास व्यक्त गरे । मोफसलमा रहेका संचार माध्यम र संचारकर्मीलाई सिकाईका रूपमा कार्यक्रम गर्न लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?