Butwal Today

जलाशयमा डुबेर एकको मृत्यु 

७ चैत्र २०८१, बिहीबार
अ+
अ-

दाङ,७ चैत।

दाङको घोराहीमा  क्रृत्रिम जलाशयमा डुबेर एक महिलाको मृत्यु भएको छ । आज दिउसो करिव २ बजेको समयमा घोराही १७ आरोग्य ड्याममा डुबेर महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही १७ कै जनप्रिय टोल बस्ने करिव ३९ वर्षकी सीता खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए  । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।