Butwal Today

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक केसीको निधन

७ चैत्र २०८१, बिहीबार
अ+
अ-

बुटवल, ७ चैत ।
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन भएको छ । केसीको बुधबार अबेर उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएको हो ।

अर्थशास्त्र बिषयका प्राध्यापक ५५ बर्षीय केसीलाई मृगौलाको समस्या रहेको तथा केही दिन अघि मात्रै निमोनिया समेत देखिएको थियो । निडर, प्रष्ट वक्ता एवं अर्थविश्लेषकका रूपमा परिचित केसी स्नातकोत्तर तह अर्थशास्त्र विभागका विभागीय प्रमुख समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?