ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

एकपटक आफैलाई फर्किएर हेर्ने हो कि ?

७ चैत्र २०८१, बिहीबार
७ चैत्र २०८१, बिहीबार

केही दिन पहिले राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्टिय प्रजातन्त्र पार्टी नेपाल र दुर्गा प्रसाईको सकृयतामा पूर्व राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौ फर्कंदा स्वागत गरेको देखियो । स्वागतमा जानेहरू मध्यमा एक हिस्साले सबै राप्रपा वा दुर्गा प्रसाईका समर्थक देखे भने अर्को हिस्साले स्वागत कार्यक्रम कस्तो हुनेरहेछ भनेर हेर्न आएकाहरूको जमात र तेस्रो भनेको राप्रपा र दुर्गा प्रसाईको हैसियत हेर्न आउनेहरूको जमात पनि थियो भन्नेहरू पनि छन् । त्यसमा केही पत्रकारको संख्या पनि थियो भने सुरक्षाकर्मीहरू युनिफर्म र सादा पोशाकमा प्रसस्त थिए । त्यस दिन भएको संख्याको सही कुरा यही हो । विश्लेषकहरूले नेपालका सबै दलका कार्यकर्ता समेत यो यात्रा अवलोकनका लागि पुगेका थिए भन्ने विश्लेषण गरेको पनि सुनियो । पूर्व राजालाई स्वागत गर्न गए भनेर आश्चर्य मान्नुपर्ने केही कुरा वा कारण छैन । अरू दलका नेताहरू विशेष कर्यक्रममा पुग्दा पनि भव्य स्वागत भइरहेको छ । दलमाथिको प्रतिवन्ध हटेपछि दलका नेताहरूलाई स्वागत तथा सम्मान गर्ने क्रम बढेको छ । यो पनि स्वाभाविक हो । आफूले सम्मान गर्न लायक ठानेको व्यक्तिलाई कसैले बोलेर सम्मान गर्छ भने कसैले लेखेर पनि सम्मान गर्छ । कोही सम्वन्धित क्षेत्रमा पुगेर सम्मान गर्छ, कोही आफू बसेको आसनबाटै सदा सम्झना एवं सम्मान व्यक्त गर्दछ । यो आफ्नो रुचिको विषय भयो । शेरबहादुर देउवालाई नेपाली काग्रेसका नेता कार्यकर्ताले जयजयकार गर्छन । स्वागत गर्छन सम्मान गर्छन । अझ ठूलो स्वागत तथा सम्मान बीपी कोइरालालाई गरेको देख्ने यिनै आँखा हुन् । त्यतिवेला पनि बीपीलाई आफ्नो शरीर जस्तै ठान्नेहरू थिए र अहिले पनि बीपीको वारेमा चर्चा भइरहन्छ । यस्तै वामपन्थीका नेता पुष्पलाल देखि यता विभिन्न नेताहरूको सम्मान भएको थियो र अहिले पनि सम्मान कायम छ । विभिन्न कार्यक्रममा हालका चर्चित नेताहरूको स्वागत भइरहेको छ । भोलीका दिनमा समेत यो स्वातगत भइरहने छ ।

नेपालमा शाह वंशीय राजतन्त्रले झण्डै अढाइसय वर्ष शासन गरेको हो । कति पुस्ता वित्यो शासन गरेको र यस्तै शासितहरूको पुस्ता पनि कति वित्यो होला ? पुस्ता भन्दा पनि अढाइसय वर्षको कुरा गर्दा काफी हुन्छ । यतिलामो शासन गरेको संस्थाको अन्तिम राजा त एक पटक मात्र नभएर दुई दुई पटक गद्दीमा बसेका हुन् । दोस्रो पटकको गद्दी आरोहण पछि राजामात्र नभएर स्वघोषित मन्त्रीपरिषदको अध्यक्ष समेत बनेका हुन् । यसलाई एक पटक केलाएर हेर्ने हो भने यो राजसंस्थाबाट स्वार्थ लिएकाहरू कति होलान ? स्वार्थ लिनेहरूका आसेपासे कति थिए होलान ? अनि उनीहरूले वि.पी.को तस्विरमा माला लगाउँछन् ? पुष्पलाललाई मुक्तिकामी नेता भनेर संझन्छन् । मदन भण्डारीलाई जननेता भन्न सक्छन् ? त्यो त कदापी भन्न सक्दैनन् । उनीहरूको आंशिक स्वार्थ पनि वामपन्थी वा प्रजातन्त्रवादीबाट पुरा भएन । आजको मानिसको एउटा हिस्सा स्वार्थमा लिप्त छ । कहाँ पुगेर कसको जयगान गरेपछि आफ्नो स्वार्थ पुरा हुन्छ भन्ने दाउँमा लाग्नेहरूको एउटा गतिलो हिस्सा छ । हामीेले देखिरहेका छौं । आज राजालाई सिधै नारायणहिटीमा लैजाने भनेर लागेका दुर्गा प्रसाई आफ्नो स्वार्थ सिद्धिका निम्ति कतिपटक केपी ओलीको घरमा पुगेका हुन र कतिपटक प्रचण्डलाई मिठो मसिनो खाना खुवाएका हुन् । यस्ता कुरा त समाचारमा निकै पटक आएका हुन त । के त्यतिवेला दुर्गा प्रसाई राजा फर्काउने साउति गर्न प्रचण्ड र केपी ओलीलाई भेटन गएका हुन र ? त्यो त होइन । उनी आफ्नो निहीत स्वार्थको निम्ति गएका हुन् । एउटा दरिलो र बलियो उदाहरण यही हो । यस प्रकारको स्वार्थ प्रवृति भएका व्यक्तिहरूको संख्या दुईचार सय होला कि दुईचार हजार वा लाख होला ? आफै अनुमान गर्न सकिन्छ ।

स्वार्थको कुरा एक पाटोको कुरा भयो । अर्को पाटो के भने लामो समयसम्म राजनीतिक दलका विभिन्न कमिटीमा बसेर दलको धाक दिनेहरू पूर्व राजाले संवैधानिक कू गरेको समयमा जनताका अधिकार बन्धक भएका थिए । कतिपय नेताहरू जेल तथा हिराशतमा वन्दी थिए भने कति आफ्नै घरमा नजरवन्दमा राखिएको थियो । हो त्यही अवस्थामा केही व्यक्तिहरू दल त्याग गरेर राजाको संवैधानिक कूको पक्षमा वकालत गरेर हिंडको देख्नेहरू अहिले पनि धेरै ज्यूँदै छन् । अर्थात दलमा लागेका व्यक्तिहरू पनि स्वार्थका निम्ति दलमा लाग्ने र दल बदल गर्ने कारण यही हो । सिद्धान्त बुझ्नु,सुन्नु केही छैन निधारमा टिका लगाएको भरमा दल परिवर्तन गर्नेहरू नढाँटि भन्नुस आजसम्म तपाईले कतिजना देख्नु भएको छ ? यो दल वदल गर्नेहरू संख्या राजाको स्वागतमा जाला कि नजाला ? दुर्गा प्रसाईले बैंकबाट ऋण लिएको मिनाह हुनुपर्छ भनेर कहिले कुन कुना र कहिले कुन कुनामा उकासी रहेकाछन् । आफूले खुशी राजीले लिएको बैंकको ऋण तिर्न पर्दैन या मिनाह गरिदिन्छ भनेर भ्रम पाल्नेहरूले राजा आउ भन्नु के आश्चर्य कुरा भयो ? त्यो दल वदल गर्ने जमात र दुर्गा प्रसाइको भ्रमको खेतीमा लाग्ने जमात कति परिष्कृत होला ? कति दृढ मनोवालको साथ त्यो जमातले राजालाई नाराहिटीमा सुरक्षित अवतरणमा साथ देला ? राज्य व्यवस्था कसरी हत्याउने र कसरी टिकाउने भन्नेकुरा राज्य संचालकमा हुनुपर्दछ । त्यो भ्रमको खेतीमा आफ्नो श्रमको लगानि गर्नेहरूले दिएको साथ सहयोगले पूर्व राजाले म पुनः राजगद्दीमा बस्छु भन्ने सपना देख्नु भनेको हुटिट्याउँले आकाश थाम्न खुट्टा उठाएको जस्तै पक्का हो ।

यो केही होइन भन्नु पनि हुँदैन । किनकी थोरथार कमजोरी गणतन्त्रवादी दलहरूबाट पनि भएका छन् । सबै भन्दा पहिले यसलाई सच्याएर जाने हिम्मत गर्नुपर्दछ । नेता बन्नुको नाममा किलोका किलो सुन ओसार पसार गर्ने र मानव तस्कर गर्ने गरेको तर्फ पनि ध्यान दिनु पर्दछ । देशको ढुकुटीमा धमीरा बनेकाहरू जेलका छिंडीमा हुनुपर्ने समयमा अहिले पनि जयजयकारको खोजी गर्दै लाज पचाएर नागरिकमा माझमा पुगेका छन् । कति जनाले मुद्दा खेपेका छन् कति कारवाहीमा परेका छन् कति आरोपित छन् ?उनीहरूको दोषको हिसाब किताव गर्नु पर्दैन ? सजिलो गरी राजवादीलाई लल्कारेर मात्र हुन्छ ? हिंजो विभिन्न काण्डका कुरा उठे तर ती उठेका कुरा पानीको फोका जस्तै भए यसबाट नागरिकले जे गरे पनि स्वागत र समर्थन गर्छन भन्ने भ्रम भएर हो ? नागरिकहरू कसैको पेवा होइनन् । उनीहरू विचार रोज्न स्वतन्त्र छन् । उनीहरू अहिले पनि तुलना गरेर बसेको छन् । राणा भन्दा पञ्चायत सही कि खराव ? पञ्चायत भन्दा बहुदल सही कि खराव ? बहुदल भन्दा लोकतन्त्र वा गणतन्त कति मात्रामा ठीक वा वेठीक ? फेरी राजतन्त्र आयो भने पारस शाहको शासन कस्तो होला ? यो पनि नियाली रहेकाछन् । २०६२÷ण्टघको जनआन्दोलनमा राजनन्त्रको विरुद्धमा नारा लागेको अझै कानमा गुञ्जिरहेको छ । अहिले स्वार्थवस लागेकाहरूले तत्काल आफ्नो भागमा ठूलो डल्लो पर्छ भन्ने ठानेका छन् भने यो पनि भोली गलपासो हुने छ । यसकारण मानिस स्वतन्त्र प्राणि हो क्षणिक स्वार्थको लागि आफ्नो स्वतन्त्रता गुमाउनु कति उपयूक्त हुन्छ ? एक पटक गम्भिर भएर सोच्नुका साथै यस्तै गम्भिर भएर आफूलाई फर्किएर पनि हेर्नुपर्ने वास्तविक समय आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?