ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

रोकिएन सेवाग्राहीमाथिको सास्ती

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

नागरिकको बढी भीड र चाप हुने सरकारी कार्यालयबाट दिइने सेवामा अझै सुधार हुन नसकेको व्यापक गुनासो बढ्दै गएको छ । अधिकांश सरकारी कार्यालयबाट एकै दिनमा काम हुनै सक्दैन् । देशमा गणतन्त्र आएको डेढ दशक वितेको छ तर सेवाग्राहीले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । त्यसयता धेरै नेताहरूले कुर्सीको स्वाद चाखिसकेका छन् । जनतालाई सेवा दिने कुरामा भने नेताहरूको अझै ध्यान पुगेको छैन् । देश गणतन्त्रमय बनेपनि नागरिकको गुनासो उही पुरानै छ । व्यवस्था परिवर्तन भयो तर नागरिकको अवस्था परिवर्तनमा ढिलासुस्ती हुँदा जनआक्रोस बढिरहेको छ । नेताहरूले यो बिषय सम्बोधनमा ढिलाई गर्नु हुँदैन । आखिर किन बढ्यो जनआक्रोस ? सरकारी कार्यालयमा जनताले पाउने सास्ती त्यसमध्येको एक कारण पनि हो । पञ्चायतकालीन समयमा घुस विना काम हुँदैन भनिन्थ्यो, अहिले व्यवस्था परिवर्तन भयो तर पुरानै उही प्रवृत्तिमा परिवर्तन भएन् । सेवाग्राहीको चाप बढी हुने सरकारी कार्यालयमा घुस विना काम नहुने अवस्था अहिलेपनि कायमै छ । बेथिति र विकृति रोक्ने निकाय भने खासै प्रभावकारी बन्न नसकेको गुनासो पनि त्यत्तिकै सुनिन थालेको छ । सेवाग्राहीको बढी चाप हुने मालपोत, नापी र यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीले सास्ती पाउँदै आएका छन् । विगतमा पनि यी कार्यालयमा सेवाग्राहीले सास्ती पाउँदै आएका थिए । अहिलेपनि अवस्थामा परिवर्तन आएको छैन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग आफै निरिह जस्तै छ । सरकारी कार्यालयमा घुस विना कर्मचारीले काम नगर्ने गुनासो अहिले बढी सुनिन थालेको छ । सरकारी निकायबाट प्रदान हुने सेवा–सुविधा सहजरूपमा प्राप्त गर्नु नागरिकको अधिकार हो । तर, सरकारी निकायमै हुने भ्रष्टाचार र कमिसन तथा सेवाग्राहीको कामै नहुने प्रवृत्ति नरोकिएका कारण सबैभन्दा बढी सास्ती नागरिकले पाईरहेका छन् ।

गलत काम गर्नेलाई कारबाही गर्ने कानुन पनि छ । सरकारी निकायबाट हुने कामको अनुगमन प्रभावकारी बन्न नसक्दा कानुनलाई नै चुनौती दिने काम भैरहेको छ । मालपोत कार्यालय, नापी र यातायात कार्यालय त नागरिकले दुःख र सास्ती पाउने सरकारी कार्यालय नै हुन् । त्यहाँ बर्षौदेखि कायम बेथिती अन्त्य गर्नेतर्फ सरकारले ध्यान दिनै सकेको छैन् । यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले नागरिकको चाप बढी हुने कार्यालयको सेवामा आमूल परिवर्तन गर्ने भनेको दुई बर्ष पूरा भैसकेको छ । तर, सरकारी कार्यालयमा सेवाग्राहीले अझै लाईनमा घण्टौं उभिनुपर्ने बाध्यता छ । नागरिकलाई सहजरूपमा सेवा–सुविधा दिने र देशको सेवा गर्ने प्रतिबद्धता अनुसार कुर्सीमा पुगेका केही नेताहरूको गलत प्रवृत्तिको कारण अहिले नागरिकको विश्वास गुम्न थालेको छ । अझै नेपाल विद्युत् प्राधिकरणमा घुस नदिईकन कामै हुँदैन भन्ने व्यापक गुनासो छ । नयाँ मिटर निकाल्न, विद्युत जोडन त पैसा दिनुपर्दछ भने थ्रिफेस लाईनमा ठूलो चलखेल हुने गरेको सेवाग्राहीले बर्षौदेखि गर्दै आएको गुनासो अहिलेपनि रोकिएको छैन् । ठूलो उद्योगलाई आवश्यक विद्युतका लागि घुस अनिवार्य भएको उद्योगी व्यापारीहरूको ठूलो गुनासो छ । नागरिकको सेवा गर्ने प्रतिबद्धता जनाएका कर्मचारीबाट नै सेवाग्राहीलाई सास्ती दिने र नजराना नदिईकन काम नगर्ने प्रवृत्ति व्यापक छ । यी गहन विषयमा सरकारको ध्यान जाओस् । राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई कारवाही होस् । प्रचण्ड सरकारकै पालामा सरकारी कार्यालयमा सेवाग्राहीलाई लाईन बस्नु नपर्ने भन्दै गरिएको प्रतिवद्धता केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पनि पूरा हुन नसक्नु चिन्ताको कुरा हो । सरकार सरकारी कार्यालयमा सेवाग्राहीलाई दिईने सास्तीको बिषयमा जानकार छ, तर पनि सुधार नहुनु विडम्वनाकै कुरा हो । तसर्थ नागरिकलाई सेवा दिने हो भने प्रशासन संयन्त्रमा सुधार गर्न ढिलाई गरिनु हुँदैन । यो बिषयमा सरकारको ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?