ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

तिलोत्तमाबासीमा योग मोह

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

बुटवल, ६ चैत ।

रुपन्देहीको तिलोत्तमा–४, ड्राइभरटोल निबासी लक्ष्मी ज्ञवाली दैनिक योग गर्न करिव दुई किलोमिटर टाढा मणिग्राम पुग्थिन् । समयको व्यवस्थापनको चापले उनले स्कुटी लिएर योग शिविरमा पुग्थिन भने योग सकेर घर फर्किदा करिव ७ बज्थ्यो ।

तर अहिले भने उनको घर नजिकै योग शिविर सञ्चालन हुँदा उनको समयको बचत भएको छ । आजभोली उनी पैदल हिंडेरै योग शिविरमा पुग्न सक्छिन् ।

उनीजस्तै ड्राइभरटोलकै जीवलाल अर्याल र जयसरा अधिकारी पनि मणिग्राम पुगेर योग शिविरमा सहभागिता जनाउँथे । तर आफ्नै वडामा शिविर सुरु भएपछि मणिग्राम जानुपर्ने झन्झट हटेकोमा उनीहरु दङ्ग छन् ।

 केही दिनयता तिलोत्तमा–४ स्थित विष्णुपुर योग साधना केन्द्रमा योग शिविर सञ्चालन भैरहेको छ । जसको आयोजना तिलोत्तमा नगरपालिका ४ नम्बर वडा कार्यालयले गरेको हो भने संयोजन विश्व शान्ति तथा आध्यात्म विज्ञान समाजले गरेको हो । जहाँ समाजका केन्द्रीय सदस्य समेत रहेका योग प्रशिक्षक अर्जुन ज्ञवालीले दैनिक ५ देखि साढे ६ बजेसम्म योग सिकाउँछन् । जस अन्तर्गत सहभागीलाई मन्त्रहरु, सुक्ष्म साधना, आसन, प्रणायाम, ध्यान, आहारबिहार, रोग अनुसारको योग जस्ता कुराहरुको अभ्यास गराइन्छ ।

अव नियमित योग कक्षा सञ्चालन हुने जानकारी दिंदै ज्ञवालीले भने–“योगलाई सबैले दैनिकीको हिस्सा बनाउनु जरुरी छ ।” स्वास्थ्यका लागि योग र प्रणायाम जरुरी रहेको भन्दै उनले यसले मात्रै मानिसको जीवनमा शान्ति, अनुशासन र सदभावको भावना समेत जागृत गर्ने बताए ।

नियमित योग कक्षामा सहभागी हुँदै आएका तिलोत्तमा ४ नम्बर वडा कार्यालयका सचिव काशीराम ज्ञवालीले योगको महत्व बुझेर नै आफू पनि यसमा नियमित सहभागी हुँदै आएको बताए । “यसको व्यवस्थापन वडा कार्यालयले गरेको छ, थप दुई स्थापनमा पनि योग कक्षा सञ्चालन गर्ने तयारी छ”–उनले भने । वडा कार्यालयले गतवर्ष पनि बालबालिकाको लागि ७ दिने योगा, ध्यान, प्रणायाम सम्बन्धी असल अभ्यास गराएको थियो ।

आगामी दिनमा योग शिविरलाई थप व्यवस्थित ढंगले अगाडि बढाउँदै लगिने वडाध्यक्ष हरिबहादुर क्षेत्रीले बताए । “अव योग शिविर निरन्तर चल्छ, हामीले बिस्तारै सबै कुराहरुको व्यवस्थापन गर्दै जाने छौं”–उनले भने ।

विश्व शान्ति तथा आध्यात्म समाजले देश तथा विेशमा समेत शाखा खोलेर योग शिविर चलाउँदै आएको छ । समाजका संस्थापक योगी आचार्य राजन शर्माको प्रेरणाबाट योगलाई देशभरका साथै विदेशमा समेत सञ्चालन गर्ने गरिएको योग प्रशिक्षक ज्ञवाली बताउँछन् ।

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले तिलोत्तमाका चार स्थानमा दैनिक योग साधना केन्द्रहरू सञ्चालनमा ल्याएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्रामस्थित सरस्वती पन्चायतन मन्दिरमा २०८० साल असार ६ गतेबाट निरन्तर योग प्रशिक्षण चलिरहेको छ ।

त्यस्तै तिलोत्तमा–६ बाह्र नम्वरस्थित गीता मन्दिरमा गत असार ७ गतेबाट निरन्तर योग शिविर चलिरहेको छ भने तिलोत्तमा–५ नयाँ मिलस्थित न्यौपाने वंश समाजमा गत असार १५ गते बाट निरन्तर योग शिविर चलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?