Butwal Today

कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार हुने

६ चैत्र २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।

नेपाली कांग्रेसले आगामी १० गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक डाकेको छ।

पार्टीका मुख्य सचिव प्रदीप पराजुलीका अनुसार, बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ।

मंगलबार बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिका बारेमा छलफल हुने बताइएको छ।