ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

लागूपदार्थ दुव्र्यसन विरुद्ध अन्तर्क्रिया

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

जितपुर, ०६ चैत ।
मनोपरामर्श, स्नेह र सहयोग नै लागू पदार्थ दुव्र्यसनबाट पुर्नस्थापना गर्ने विकल्प रहेको सरोकारवालाहरूले बताएका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्रले आयोजना गरेको लागु पदार्थ दुव्र्यसन विरुद्ध सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रममा लागु पदार्थ दुव्र्यसन न्युनिकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने सरोकारवालाहरूले प्रतिवद्धता व्यक्त गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र बहादुर जिसीले लागु पदार्थ दुव्र्यसन लागू पदार्थ सेवनका कारण, असर तथा न्युनिकरणका उपायहरू बारेमा प्रकाश पारेका थिए ।उनले खुला सिमा नाकाका कारण लागु औषधको सेवन तथा कारोबार बढी देखिएको र छिमेकी देश भारत र नेपालको लागुऔषध सम्बन्धिको कानुन फरक भएकाले पनि प्रभाव परेको बताए । उनले बाणगंगा नगरपालिकामा लागूऔषध सेवनको अवस्था, मुद्दा दर्ताको तथ्यांक समेत प्रस्तुत गरेका थिए ।

प्रहरी निरिक्षक जिसीले साथी संगति, कौतुहल्ता, उत्सुकता, पारिवारिक समस्या, पढाईमा समस्या लगायतका कारणले गर्दा व्यक्ति लागु पदार्थ दुव्र्यसनमा फस्ने बताउँदै व्यक्तिगत जीवन, परिवार, सामाजिक जिवन, आर्थिक विचलन, सामाजिक मान मर्यादा र अन्त्यमा मृत्यु जस्ता यसका असर रहेको बताए ।बाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरीेले लागू औषध पदार्थ सेवन तथा ओसारपोसार न्युनिकरणका लागि नगरपालिकाले नीति बनाउदै बजेट विनियोजन गरिरहेको बताइन । उपप्रमुख चौधरीले विद्यार्थीहरूलाई लक्षित गर्दै विभिन्न विद्यालयमा, नगरका वडा, वाल संजाल, नगर वाल संजाल, युवा संजाल, टोल विकास संस्था लगायत विभिन्न स्थानमा नगरपालिकाले सचेतनामुलक कार्यक्रम गरिरहेको बताएकी थिइन ् ।

चौधरीले पुर्नस्थापना केन्द्रहरूलाई सहयोग गरिरहेको बताउँदै लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानमा सबै संघ संस्थाहरूसंग नगरपालिका हातेमालो गर्न तयार रहेको बताइन । कार्यक्रममा फ्रिडम फाउन्डेसनका हेमन्त थापा, नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन पोख्रेल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, भुपु सैनिक खोपानी तथा सरसफाई संस्थाका अध्यक्ष राजेन्द्र विक्रम शाह, श्रृंगीघाट सामुदायिक वनका सचिव कमला खाँण लगायतले लागु पदार्थ दुव्र्यसन विरुद्ध विशेष अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए । संस्थाका सचिव दुर्गा अर्यालले संस्थाको ईतिहास र परिचय तथा आगामी योजनाको बारेमा प्रकाश पारेका थिए ।सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सूर्यकुमारी शाही, संस्थाका उपाध्यक्ष हरिलाल शर्मा र आन्तरिक कार्यक्रम संयोजक रोमकान्त घिमिरे लगायतले बोलेका थिए । अन्तरक्रिया कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था, सामुदायिक वन, सहकारी, खानेपानी, विद्यालयका प्रमुख तथा प्रतिनिधि, लगायतको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?