ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पिएम कपमा आर्मी क्लब विरुद्ध मधेश प्रदेश  विजयी 

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार
दाङ, ६ चैत ।
मधेश प्रदेशले नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विरुद्ध ३ विकेटको सानदार जीत हासिल गरेको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले दिएको २१८ रनको विजयी लक्ष्य मधेश प्रदेशले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।
दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज त्रिभुवन आर्मी क्लबले दिएको लक्ष्य पछ्याएको मधेश प्रदेशले लगातारको हारको श्रृंखला रोक्दै विभागीय टीम आर्मी विरुद्ध सानदार जीत निकालेको हो ।
मधेश प्रदेशले आज परिपक्व ब्याटिङ गर्दै आर्मी विरुद्ध जीत निकालेको हो । मधेश प्रदेशका निखिल सिंह र रुपेश सिंहले आर्मी विरुद्ध ३९ बलमा ५० रनको साझेदारी गर्दै हारको श्रृंखला अन्त्य गरे ।
१६९ रनमा ७ विकेट गुमाएको अवस्थामा रहेको मधेशका लागि निखिलले २६ बलमा १ चौकासहित १४ रनमा अविजित रहँदा रुपेश सिंहले २० बलको सामना गर्दै अविजित ३८ रन बनाए । उनले २ छक्का र २ चौकाको मद्दतमा ३८ रन जोड्दा मधेशले आर्मी विरुद्ध जीत निकाल्यो ।
त्रिभुवन आर्मीका भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । १२६ बलको सामना गरेका भीमले ४ चौकासहित ८९ रन बनाउँदै पवन सर्राफको बलमा एलबीडब्लू आउट भए । अर्धशतक पूरा गर्न उनले ८० बल खेले ।
पहिलो पावर प्लेमा १ विकेटको क्षतिमा ३९ रन जोडेको आर्मीले दोस्रो पावर प्लेमा पुग्दा थप ३ विकेटको क्षतिमा ११३ रन जोडेको थियो ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलीसकेको आर्मी ५ मा जीत र १ मा हार हुँदै १० अंकका साथ दोस्रो स्थानमा यथावत छ भने ५ खेल खेलीसकेको मधेश प्रदेश २ खेलमा जीत र ३ खेलमा लगातार व्यहोर्दै ४ अंकका साथ अंक तालिकाको छैठौँ स्थानमा उक्लिएको छ ।
जारी प्रतियोगितामा यसअघि आर्मीले वाग्मतीलाई १३४ रन, सुदूरपश्चिमलाई ८ विकेट, कर्णालीलाई १२७ रन, कोशीलाई ७ विकेट र एपीएफ क्लबलाई ३ विकेटले हराएको छ ।
यसैगरी, मधेश प्रदेशले कोशी प्रदेश विरुद्ध १६५ रनले जित्दा बाँकी ३ खेलमा हार व्यहोरेको छ । मधेशले एपीएफसँग २ विकेट, पुलिस क्लबसँग १९३ रन र लुम्बिनी प्रदेशसँग ८३ रनको हार व्यहोरेको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।
तीन खेल मैदानमा भईरहेकोे प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् । जस मध्ये आजसम्म २८ वटा खेल भईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?