Butwal Today

सुनको भाउमा नयाँ रेकर्डः तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँ पुग्यो

५ चैत्र २०८१, मंगलवार
अ+
अ-

काठमाण्डौ ।

मंगलबार नै सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ ।

आज सुन प्रतितोला ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।

यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।