ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

शैक्षिक संस्थाहरूलाई एकै खालको नीति आवश्यक

५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

बुटवल, ०५ चैत ।
बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माध्यमिक विद्यालयमा विद्यार्थीको स्वागत, विदाई तथा सम्मान कार्यक्रम भएको छ । एभरेष्ट माविको कक्षा–११ मा अध्ययनरत विद्यार्थीले १२ लाई बिदाई तथा १२ कक्षाका विद्यार्थीले ११ कक्षाको विज्ञान र ब्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीको स्वागत कार्यक्रम गरेका हुन् ।कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका नगर उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षामा देखिने विवाद अन्त्यका लागि शैक्षिक संस्थाहरूलाई एकै खालको नीतिमा राख्नु पर्ने बताईन् । उनले शिक्षाको गुणस्तर र गुणस्तरीय जनशक्ति उत्पादनमा सामुदायिक र संस्थागत दुबै शिक्षालयहरूको भूमिका एकै प्रकारको हुने भएकाले शिक्षा नीति फरक बनाउन नहुने तर्क राखिन् । बुटवल उपमहानगरले शिक्षा नीतिका सवालमा सकारात्मक भूमिका खेल्दै सबैखाले शिक्षालयहरूलाई उनीहरूकै अनुकुल संचालनको भूमिका निभाउने खालको नीति ल्याउने तयारिमा रहेको बताईन् । कार्यक्रममा परीक्षा ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षा अध्ययन गर्न तयार भएका विद्यार्थीले मेहनत, लगन र अनुसाशित हुनु आवश्यक रहने भन्दै सोही अनुसार अध्ययन गर्न आग्रह गरे ।

कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले गुणस्तरीय शिक्षासँगै बिद्यार्थीलाई भविष्यमा काम लाग्ने संस्कारयुक्त शिक्षालाई विद्यालयले जोड दिदै आएको उल्लेख गर्दै सैद्धान्तीकसँगैसँगै ब्यवहारिक र काम लाग्ने खालको सिकाईलाई विद्यालयले जोड दिदै आएको बताए ।उनले विद्यार्थीलाई समयानुकुल सबैखाले ज्ञान दिन जरुरी रहेको बताँउदै समयसमयमा विभिन्न खाले प्रतिस्प्रधात्मक कार्यक्रम र ज्ञानवर्धक कार्यक्रमलाई एभरेष्टले महत्वदिदै आएको उल्लेख गरे ।
कार्यक्रममा माध्यमिक शिक्षा शाखा बुटवलका प्रमुख टिकाराम पन्थी, प्याब्सन लुम्बिनी अध्यक्ष लालहरी पाण्डे, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, विद्यालय संचालक समिति अध्यक्ष गमप्रसाद रेश्मी, उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, विद्यार्थी डेबीड खनाल, नेहारिका ज्ञवाली लगायतले उच्च शिक्षा अध्ययनका लागि अग्रसर र माध्यमिक तहका लागि अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सफलता र उत्कृष्टताको शुभकामना दिएका थिए ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थी सृजल बस्याल, कक्षा–११ मा अध्ययनरत विद्यार्थीले १२ लाई बिदाई तथा १२ कक्षाका विद्यार्थीले ११ कक्षाको विज्ञान र ब्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीको स्वागत गरेको विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए ।सोही कार्यक्रममा उत्कृष्ट क्याप्टेन, उत्कृष्ट प्राध्यापकलाई सम्मान समेत गरिएको सहप्राचार्य गौतमले जानकारी दिए । शिक्षक माधव पौडेलका अनुसार विज्ञान र ब्यवस्थापन अध्ययन गर्ने झण्डै आठ सय विद्यार्थीले एकअर्कालाई स्वागत तथा विदाई गरेका थिए भने विद्यार्थीहरूले आआफ्ना साँस्कृतिक प्रंस्तुतीहरू समेत प्रदर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?