ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

महिलाले गरेका योगदानको इतिहास तस्वीरबाट पढ्ने अवसर

५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार
नेपालगञ्ज, ५ चैत ।
नेपालगञ्जको रामलिला मैदानमा हिजो–आज दिउँसोको टन्टलापुर घाममा पनि मानिसहरुको चहलपहल छ । महिलाहरुको ऐतिहासिक कामको दस्तावेज हेर्नलाई आएका विभिन्न विद्यालय, क्यम्पसका विद्यार्थी तथा सर्वसाधारणहरुको भिडका कारण चहलपहल बढेको हो । फलामका स्ट्याण्डमा टांगीएका ब्यानरमा हिसिला यामीले आफू भूमिगत हुदाँ महिनावारी भएकि छोरीलाई लेखेको पत्रदेखि साहाना प्रधान लगायत महिला नेतृका पुराना तस्वीर र नोटहरु हेर्न सकिन्छ । नेपालमा विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा महिलाहरु अग्र पंक्तीमा रहेका पुराना तस्वीर नियाल्दै न्यायकालागि द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जालकी अध्यक्ष चन्द्रकाला उप्रेती एक छिन् सम्म टोलाईरहिन् । उनले भनिन्, ‘हामीले पनि द्वन्द्वपीडितहरुको न्यायकालागि गरेका थुप्रै आन्दोलनका फोटाहरु सुरक्षित छन् ।’ आफूहरुले गरेको आन्दोलन पनि भविष्यमा यस्तै दसतावेजका रुपमा समेटिन सक्ने उनले बताईन् । द्वन्द्वपीडित तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ की वडा सदस्य जयन्ती केसीले पनि राजनैतिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका महिलाहरुको तस्वीर अलिक समय दिएर हेरीरहन् ि। उनले
भनि ‘अग्रज महिला दिदीहरुका पुराना फोटा हामी अहिले हेर्दैछौं, कुनै दिन हाम्रो फोटोपनि यस्तै ब्यानरमा छापिएर अवश्य आउँछ होला ।’
वादि महिलाहरुले भोग्नुपरेको विभेद चिर्न गरिएको आन्दोलन, थारु महिलाहरुले जमिन्दार विरुद्ध गरेको १९८० को आन्दोलन, सन् १९९५ मा बेइजिङमा भएको विश्व महिला सम्मेलनमा सहभागी महिलाहरुलगायतका गौरवशाली इतिहास देखाउने थुप्रै सामाग्री प्रदर्शनीमा राखिएकाछन् । नेपालको शिक्षा, समाज, राजनीति लगायतका क्षेत्रमा योगदान दिएका महिलाहरुको बारेमा गरिएको खोज अनुसन्धानलाई फोटो प्रर्दशनी मार्फत प्रस्तुत गरिएको छ । नेपाल पिक्चर लाइब्रेरीले “सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल” शिर्षकमा सोमबारदेखि नेपालगन्जमा ३ दिने निःशुल्क प्रदर्शनी आयोजना गरेको हो । सबै समुदायका महिलाहरुले कुनै न कुनै कालखण्डमा समाजमा महत्वपूर्ण योगदान गरेको भएपनि अझै धेरै इतिहास बिलाएर गईरहेको भन्दै आगामी दिनमा त्यस्ता सबै महिलाहरुको ईतिहास दस्तावेजकिरणकालागि यस अभियानमा आफुले पनि सघाउने फातीमा फाउण्डेसन नेपालका अध्यक्ष मैमुना सिद्धिकिले बताईन् ।
महिलाहरुको योगदान समेटिएको ऐतिहासीक फोटो, चिठिपत्र, नोट लगायतका सामाग्री संकलन गर्ने र तीनलाई दस्तावेजका रुपमा संकलन गरेर राख्ने राज्यको जिम्मेवारी भएपनि नेपालमा यो काम फोटो सर्कल नेपालले मात्र गरिरहेको देखिन्छ । संस्थाले डिजिटल अभिलेख राख्ने र आम मानिससम्म त्यसलाई प्रचारप्रसार गर्ने गरि काम गरिरहेको कार्यक्रम संयोजक सरिता सिंह बताउँछिन् । पहिलो चरणमा वीरगंज र जनकपुरमा प्रदर्शनी सकेर दोश्रो चरणमा सुर्खेतपछि नेपालगन्जमा यो कार्यक्रम आयोजना गरिएको उनले बताईन् । कार्यक्रमबाट स्थानियहरुलाई महिलाहरुको इतिहास जानकारी गराउनुका साथै यस क्षेत्रको इतिहास खोज्नका लागि सहयोग माग्ने उद्देश्य भएको सिंहले बताईन् । यो प्रदर्शनी काठमाडौँ, भारतको नयाँ दिल्ली, कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर, र ब्रेडा (नेदरल्याण्ड) लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न गरिसकिएको आयोजकले जनाएको छ । परियोजनाको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास, र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु हो । यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्नु भएको संयोजक सिंहले बताईन् ।  प्रदर्शनीको पहिलो र दोस्रो दिन यस क्षेत्रका महिला नेतृ, महिला संघसंगठन, नेपालगन्जका स्थानिय संगै विभिन्न विद्यालयले करिब ५ सय बढी विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएका छन् । चैत ६ गते बुधबार सम्म राखिएको फोटो प्रर्दशनी अवलोकनकालागि निशुल्क प्रवेशको ब्यवस्था गरिएको आयोजक फोटो सर्कल नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?