Butwal Today

बारीमा उम्रिएका च्याउ खाएर तनहुँमा एकजनाको ज्यान गयो

५ चैत्र २०८१, मंगलवार
अ+
अ-

तनहुँ।

तनहुँको व्यास नगरपालिका-६ शान्तिटोलमा च्याउ खाँदा विषाक्तता भएर एक जनाको ज्यान गएको छ। म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको छ।

शुक्रबार बेलुका नारायण र उनका साथमा अन्य १० जना व्यक्तिहरूले बारीमा उम्रिएका च्याउ पकाएर खाएका थिए, जसका कारण उनीहरू बिरामी परेका थिए। उपचारका क्रममा नारायण मगरको पोखरामा ज्यान गएको हो।

बाकी नौ जनाको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

यो घटना च्याउको विषाक्तता र यससँग सम्बन्धित खपतको जोखिमलाई पुनः उजागर गर्दछ।