Butwal Today

नेपाली कांग्रेसको पदाधिकारी  बैठक सुरु

५ चैत्र २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आजदेखि सुरु भएको छ। बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको हो।

बैठकको प्रमुख एजेन्डा राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधिहरू र सदनमा पार्टीको प्रभावकारी प्रस्तुतिका विषयमा छलफल गर्नु रहेको छ। साथै, हालका दिनमा राजावादीहरूको बढ्दो सक्रियता र त्यसबारे पार्टीको आगामी रणनीति पनि बैठकमा कुराकानी गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?