Butwal Today

आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढ्यो

५ चैत्र २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसकी सांसद तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढेको छ।

मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो। आरजु राणाले सिंहविरुद्ध २०८० जेठ २४ गते गाली बेइज्जतीको मुद्दा दायर गरेकी थिइन्।

सिंहले आरजुलाई नक्कली शरणार्थी प्रकरणमा मुछिएको भ्रष्ट महिला भएको टिप्पणी गरेका थिए, जसको कारण आरजुले आफूमाथि गाली बेइज्जती भएको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन्।

यसअघि, २०८१ जेठ २२ गते जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले यो मुद्दा मेलमिलापका लागि पठाउने आदेश दिएको थियो। तर, मेलमिलाप असफल भएपछि मुद्दा पुनः सुनुवाइका लागि अदालतमा फर्किएको थियो।