Butwal Today

१९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल खेलतालिका सार्वजनिक

५ चैत्र २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

१९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ। आगामी मे ९ देखि १८ तारिखसम्म भारतको अरुणाचल प्रदेशको युपिया शहरमा रहेको गोल्डेन जुब्ली स्टेडियममा प्रतिस्पर्धा हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको हो।

प्रतियोगितामा समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् भने समूह ‘बी’ मा नेपाल, भारत र श्रीलङ्का रहेका छन्। नेपालले मे ११ मा श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ। त्यसपछि, नेपालले समूह चरणको दोस्रो र अन्तिम खेल मे १३ मा भारतसँग खेल्नेछ।

प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटनकै दिन श्रीलङ्का र भारतको बीच पनि अर्को खेल हुने छ।समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता, र समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?