ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

‘समाजसेवीहरुलाई सम्मानको खाँचो’

५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

‘सामाजिक क्षेत्रमा योगदान दिनेहरूको सम्मान गरौं’ भन्ने नाराका साथ सामाजिक सेवा कार्य दिवस आज नेपालमा मनाईदैछ । यो दिवसले सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागि प्रेरणा र प्रोत्साहन दिनेछ भन्ने विश्वास लिइएको छ । यो दिवसको नाराले पनि सामाजिक क्षेत्रमा लागेकाहरूको सम्मान गर्नुपर्ने सन्देश दिएको छ । सामाजिक सेवा कार्यमा पछिल्लोसमय त्यति ध्यान जान नसकेको परिस्थितिमा यो दिवसले फेरिपनि समाजमा केही योगदान गर्छु भन्नेहरूका लागि हौसला प्रदान गर्नेछ । समाजमा योगदान पु¥याउने विभिन्न संघ संस्था र सामाजिक व्यक्तिहरूका लागि यो दिवस महत्वपूर्ण रहेको छ । समाजमा राम्रो काम गर्नेहरूले स्वाभाविक रूपमा राज्यबाट सम्मान खोज्छन र योगदानको कदर होस भन्ने चाहन्छन । तसर्थ यो दिवसको अवसरमा राज्यले सामाजिक क्षेत्रमा काम गर्नेहरूलाई सम्मान गरोस् । सामाजिक कार्यलाई राष्ट्रिय गौरव भनिएको छ । तसर्थ यो नारामा कुनै विमति छैन । वास्तवमा सेवाको भाव आफैमा महत्वपूर्ण छ । सामाजिक सेवामा समर्पितहरू राष्ट्रिय गौरव नै हुन् । ति चाहे संस्था हुन वा व्यक्ति । अर्कोतर्फ सम्मृद्धि र सुखको लागि सामाजिक रूपान्तरण र उद्यमशीलता बढाउन यो दिवसले योगदान पु¥याउने निश्चित छ । उद्यमशीलताबाटै सम्मृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा विमति छैन । समाजमा योगदानको हिसावले उद्यम रूपान्तरणको महत्वपूर्ण माध्यम हो । बिडम्वना सामाजिक क्षेत्रमा काम गर्नेहरूलाई तुच्छ ढंगले हेर्ने गरिएको छ । यद्यपि यो अपवाद होला तर सामाजिक क्षेत्रमा योगदान गर्छु भन्नेहरूलाई राज्यले समेत दुःख दिएको धेरै घटना छन् । देशकै लागि योगदान गर्छु भन्नेहरूलाई यसरी हतोत्साही गर्ने काम राज्यबाट हुन्छ भने भोली सामाजिक सेवाको अभियान नै ध्वस्त हुन सक्छ । तसर्थ यो दिवसकै अवसरमा सरकारले सेवा भाव राख्नेहरूलाई दुरुत्साहन होइन प्रोत्साहन गरोस् ।

आजको दिन सामाजिक कार्यकर्ता र सामाजिक सेवा क्षेत्रमा रहेकाहरूका लागि उपलब्धि सार्वजनिक गर्ने महत्वपूर्ण अवसर पनि हो । सामाजिक सेवा कार्य दिवसले सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्छ । यो दिन सामाजिक कार्यकर्ताहरू र सामाजिक सेवा क्षेत्रमा रहेका अन्य व्यक्तिहरूका लागि आफ्ना उपलब्धिहरू चिनाउने अवसर हो । निश्चितरूपमा पछिल्लोसमय सामाजिक सेवाको काममा त्यति ध्यान जान नसकेको परिस्थितिमा यो दिवसले फेरिपनि समाजमा केही योगदान गर्छु भन्नेहरूका लागि हौसला प्रदान गर्नेछ । सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरव मानिएको छ । वास्तवमा सेवाको भाव आफैमा महत्वपूर्ण छ । सामाजिक सेवा कार्यमा समर्पितहरू राष्ट्रिय गौरव नै हुन । किनभने सामाजिक सेवाको कार्यले उद्यमशीलता बढाउन मद्दत मिल्छ र त्यसबाट नै सम्मृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा विमति छैन । समाजमा योगदानको हिसावले उद्यम रूपान्तरणको महत्वपूर्ण माध्यम हो । अर्को महत्वपूर्ण पक्ष के छ भने सामाजिक कार्य दिवस खुसीसंग पनि जोडिएको छ । सामाजिक कामले वास्तवमै खुसी र सन्तुष्टी दिन्छ । आज मानिस हरेक क्षेत्रबाट दुःखी भैरहेको बेला सामाजिक कार्यबाट खुसी मिल्नेगरी अघि बढ्न सकेको अवस्थामा निश्चितरूपमा त्यो समाजकै लागि उपलब्धि हुनेछ । तसर्थ सामाजिक कार्यको क्षेत्रमा लाग्नेहरूलाई प्रोत्साहित गर्ने काम राज्यको हो । राज्य आफैले सामाजिक क्षेत्रको उत्तरदायित्व बहन गर्न नसकिरहेको बेला कम्तिमा पनि यो दिवसको सन्दर्भमा प्रोत्साहन गर्नु जरुरी छ । भोलिको दिनमा सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिनेहरूलाई दुरुत्साहन होइन, प्रोत्साहन र पुरस्कारको खाँचो छ । जेहोस् सामाजिक कार्य दिवसले यो क्षेत्रमा लागेर समाज परिवर्तनको दिशामा योगदान दिएकाहरूको भूमिका अझै बढाउनेतर्फ ध्यान दिनु जरुरी छ । निस्वार्थ भावले सामाजिक कार्यमा लागेकाहरूलाई कम्तिमा बर्षको एकपटक सम्झिने र सम्मान गर्ने वातावरण वनाउनेतर्फ पहल जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?