ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

‘समाजसेवीहरुलाई सम्मानको खाँचो’

५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

‘सामाजिक क्षेत्रमा योगदान दिनेहरूको सम्मान गरौं’ भन्ने नाराका साथ सामाजिक सेवा कार्य दिवस आज नेपालमा मनाईदैछ । यो दिवसले सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागि प्रेरणा र प्रोत्साहन दिनेछ भन्ने विश्वास लिइएको छ । यो दिवसको नाराले पनि सामाजिक क्षेत्रमा लागेकाहरूको सम्मान गर्नुपर्ने सन्देश दिएको छ । सामाजिक सेवा कार्यमा पछिल्लोसमय त्यति ध्यान जान नसकेको परिस्थितिमा यो दिवसले फेरिपनि समाजमा केही योगदान गर्छु भन्नेहरूका लागि हौसला प्रदान गर्नेछ । समाजमा योगदान पु¥याउने विभिन्न संघ संस्था र सामाजिक व्यक्तिहरूका लागि यो दिवस महत्वपूर्ण रहेको छ । समाजमा राम्रो काम गर्नेहरूले स्वाभाविक रूपमा राज्यबाट सम्मान खोज्छन र योगदानको कदर होस भन्ने चाहन्छन । तसर्थ यो दिवसको अवसरमा राज्यले सामाजिक क्षेत्रमा काम गर्नेहरूलाई सम्मान गरोस् । सामाजिक कार्यलाई राष्ट्रिय गौरव भनिएको छ । तसर्थ यो नारामा कुनै विमति छैन । वास्तवमा सेवाको भाव आफैमा महत्वपूर्ण छ । सामाजिक सेवामा समर्पितहरू राष्ट्रिय गौरव नै हुन् । ति चाहे संस्था हुन वा व्यक्ति । अर्कोतर्फ सम्मृद्धि र सुखको लागि सामाजिक रूपान्तरण र उद्यमशीलता बढाउन यो दिवसले योगदान पु¥याउने निश्चित छ । उद्यमशीलताबाटै सम्मृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा विमति छैन । समाजमा योगदानको हिसावले उद्यम रूपान्तरणको महत्वपूर्ण माध्यम हो । बिडम्वना सामाजिक क्षेत्रमा काम गर्नेहरूलाई तुच्छ ढंगले हेर्ने गरिएको छ । यद्यपि यो अपवाद होला तर सामाजिक क्षेत्रमा योगदान गर्छु भन्नेहरूलाई राज्यले समेत दुःख दिएको धेरै घटना छन् । देशकै लागि योगदान गर्छु भन्नेहरूलाई यसरी हतोत्साही गर्ने काम राज्यबाट हुन्छ भने भोली सामाजिक सेवाको अभियान नै ध्वस्त हुन सक्छ । तसर्थ यो दिवसकै अवसरमा सरकारले सेवा भाव राख्नेहरूलाई दुरुत्साहन होइन प्रोत्साहन गरोस् ।

आजको दिन सामाजिक कार्यकर्ता र सामाजिक सेवा क्षेत्रमा रहेकाहरूका लागि उपलब्धि सार्वजनिक गर्ने महत्वपूर्ण अवसर पनि हो । सामाजिक सेवा कार्य दिवसले सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्छ । यो दिन सामाजिक कार्यकर्ताहरू र सामाजिक सेवा क्षेत्रमा रहेका अन्य व्यक्तिहरूका लागि आफ्ना उपलब्धिहरू चिनाउने अवसर हो । निश्चितरूपमा पछिल्लोसमय सामाजिक सेवाको काममा त्यति ध्यान जान नसकेको परिस्थितिमा यो दिवसले फेरिपनि समाजमा केही योगदान गर्छु भन्नेहरूका लागि हौसला प्रदान गर्नेछ । सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरव मानिएको छ । वास्तवमा सेवाको भाव आफैमा महत्वपूर्ण छ । सामाजिक सेवा कार्यमा समर्पितहरू राष्ट्रिय गौरव नै हुन । किनभने सामाजिक सेवाको कार्यले उद्यमशीलता बढाउन मद्दत मिल्छ र त्यसबाट नै सम्मृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा विमति छैन । समाजमा योगदानको हिसावले उद्यम रूपान्तरणको महत्वपूर्ण माध्यम हो । अर्को महत्वपूर्ण पक्ष के छ भने सामाजिक कार्य दिवस खुसीसंग पनि जोडिएको छ । सामाजिक कामले वास्तवमै खुसी र सन्तुष्टी दिन्छ । आज मानिस हरेक क्षेत्रबाट दुःखी भैरहेको बेला सामाजिक कार्यबाट खुसी मिल्नेगरी अघि बढ्न सकेको अवस्थामा निश्चितरूपमा त्यो समाजकै लागि उपलब्धि हुनेछ । तसर्थ सामाजिक कार्यको क्षेत्रमा लाग्नेहरूलाई प्रोत्साहित गर्ने काम राज्यको हो । राज्य आफैले सामाजिक क्षेत्रको उत्तरदायित्व बहन गर्न नसकिरहेको बेला कम्तिमा पनि यो दिवसको सन्दर्भमा प्रोत्साहन गर्नु जरुरी छ । भोलिको दिनमा सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिनेहरूलाई दुरुत्साहन होइन, प्रोत्साहन र पुरस्कारको खाँचो छ । जेहोस् सामाजिक कार्य दिवसले यो क्षेत्रमा लागेर समाज परिवर्तनको दिशामा योगदान दिएकाहरूको भूमिका अझै बढाउनेतर्फ ध्यान दिनु जरुरी छ । निस्वार्थ भावले सामाजिक कार्यमा लागेकाहरूलाई कम्तिमा बर्षको एकपटक सम्झिने र सम्मान गर्ने वातावरण वनाउनेतर्फ पहल जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?