Butwal Today

प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीको दोस्रो जित

५ चैत्र २०८१, मंगलवार
अ+
अ-

बुटवल, ५ चैत ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोश्रो जित निकालेको छ । रुपन्देहीको एक्स्ट्रा टेक ओभलमा मंगलबार भएको खेलमा कोशी प्रदेशलाई १ सय २७ रनले पराजित गर्दै कर्णालीले दोश्रो जित निकालेको हो ।

कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि चिराग साहले सर्वाधिक २५ रन जोडे । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गरेको थियो । कर्णालीका लागि अर्जुन घर्तीले नट आउट रहँदै सर्वाधिक ८८ रन जोडेका थिए।

त्यस्तै सिद्धार्थक्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गर्यो बागमतीले दिएको २ साक गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो। गण्डकीका लागि वंश यदिेत्रीले सर्वाधिक ५५ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गरेको थियो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ६९ रन जोडेका थिए । जितसँगै बागमती ५ खेलमा ४ अंक जोडेको छ जस्तैे गण्डकीको ५ खेलमा २ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?