Butwal Today

दीपक थापा बने नेपाल प्रहरीको ३१ औ महानिरीक्षक

४ चैत्र २०८१, सोमबार
अ+
अ-

बुटवल, ४ चैत । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

प्रहरी महानिरीक्षक वसन्त कुँवर अवकाशमा जान लागेपछि सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । थापासँगै एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा रहेपनि सरकारले पहिलो वरियतामा रहेका थापालाई नै महानिरीक्षक नियुक्त गरेको हो ।