ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

ढाकामा तानसेन सरकारको बेइमानी

ढाकालाई प्रवद्र्धन गर्न नगरपालिकाले नगरपालिकाको कार्यालयहरूमा कार्यरत जनप्रतिनिधि, कर्मचारीहरूले शुक्रबारका दिन पाल्पाली ढाकाबाट निर्मित पोशाक र ढाका टोपी लगाउने निर्णय गरेको थियो ।
४ चैत्र २०८१, सोमबार
४ चैत्र २०८१, सोमबार

पाल्पा, ०४ चैत ।
तानसेन नगर सरकारले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यान्वयन बनाउँदा ढाकालाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम बनायो । यो समाचार स्थानीय र राष्ट्रियस्तरका सञ्चार माध्यममा समेत मुख्य प्राथमिकतामा परे । आर्थिक वर्षले आधाभन्दा बढी आर्थिक बर्ष पुरा गर्दासम्म कार्यान्वयनको अवस्था भने शुन्य छ ।नगर सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम बनाउँदा पाल्पाली ढाकालाई प्रवद्र्धन गर्ने उद्देश्यले विकास र विस्तारसँगै प्रचारप्रसार गर्न तानसेन नगरपालिका कार्यालयहरूमा कार्यरत जनप्रतिनिधि, कर्मचारीहरूका लागि शुक्रबारका दिन पाल्पाली ढाकाबाट निर्मीत पोशाक र ढाका टोपी लगाउने नीतिमा उल्लेख छ । नगरपालिका र मातहतका कार्यलयमा प्रयोग गरिने रुमाल, पर्र्धा ढाकाको राख्न अनिवार्य गरी स्थानीय ढाकाको प्रवद्र्धनको व्यवस्था मिलाइने र विदेशमा निर्यात गर्नका लागि समेत प्रोत्साहन गरिने छ । यस्तो निर्णय भए पनि नगर सरकारको निर्णय दस्तावेजमा मात्र सीमित छ ।

भरतराज आचार्य,
सूचना अधिकारी

तानसेन नगर सरकारको यो निर्णयले ढाका व्यवसायीहरूमा थप उर्जा प्राप्त भएको थियो तर कार्यन्वयन विषयमा नगर सरकार तथा जनप्रतिनीधि उदासिनता हुँदा व्यवसायीलाई खल्लो र निरास बनाएको ढाका व्यवसायीहरू बताउँछन् ।
स्थानीय सरकारले स्थानीय उत्पादनको प्रवद्र्धन गर्नु अत्यन्त राम्रो भएपनि नहुँदा कर्मचारी नै अचम्म परिरहेका छन् ।
तानसेन नगरपालिकामा संघिय र स्थानिय गरि नगरपालिका कार्यरत कर्मचारीको १ सय ८९ जना कार्यरत रहेका छन् । प्रत्येक शुक्रबार ढाकाबाट निर्मीत पोशाक लगाउने नीति बनाए पनि नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत पिताम्बर पाण्डे, राजश्व शाखाका प्रमुख मधुसुदन घर्तीले मात्र ढाका टोपी लगाएको देखिन्छ । त्यसैगरी प्रमुख प्रशाशकिय अधिकृतको कक्षमा मात्र ढाका जडित पर्दा पनि छन् । नीति नियम बनाउने निर्वाचन प्रतिनिधीले हो । लगाउने व्यक्तिको पनि टाउकोमा रौ पातलो भएको भएर लगाएको नलगाउने कर्मचारी तर्क गर्छन् ।

पिताम्बर बन्जाडे
प्रमुख, प्रशासकीय अधिकृत

जनप्रतिनिधिले नै अनिवार्य रूपमा पालना नगरेपछि कर्मचारीले कसरी पालना गर्ने ? सबैलाई एउटै नियम हुनुपर्छ कर्मचारीहरू उल्टै प्रश्न नगरपालिकाका सुचना अधिकारी भरत आचार्य । कार्यन्वयन गरिनु पर्ने हो, अबका दिनमा यसलाई अनिवार्य रूपमा कायान्वयनको बाटो लैजाने सोच छ उनले भने ।आफु नयाँ नयाँ भएको र यो नियमलाई अबका दिनमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नगर पालिकाका प्रमुख प्रशाशकीय अधिकृत पिताम्बर पाण्डेले बताए । नीति र कार्यक्रममा उल्लेखित विषय अत्यन्तै राम्रो हो । यसले पाल्पाको पहिचान बनाउन सफल ढाकाको प्रवद्र्धनका लागि बल पुग्नेछ ।नगरपालिकाको १५ वटा वडा छन् । सबै वडामा कार्यालय छन् तर सबै वडामा ढाकाबाट निर्मीत पर्दा र रुमाल केही प्रयोगमा छैनन् । नगर सरकारले निर्णय त ग¥यो । कर्मचारीको हकमा संघिय सरकारले निर्धारण गरेको पोशाक छ । पोशाक वापत राज्यले बेग्लै रकम उपलब्ध गराएको छ । नगर सरकारले निर्णय त ग¥यो । त्यस वापत बजेट विनियोजन नगर्दा कार्यन्वयनमा समस्या भएको एक कर्मचारीले बताए ।

सन्तोषलाल श्रेष्ठ
नगर प्रमुख, तानसेन नगरपालिका पाल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?