ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पिएम कपमा लुम्बिनीद्वारा मधेश प्रदेशलाई १५९ रनको लक्ष्य

४ चैत्र २०८१, सोमबार
४ चैत्र २०८१, सोमबार

दाङ, ४ चैत ।

युवा ब्याटर आकाश त्रिपाठीले धैर्यतापूर्ण ब्याटिङ गर्दै ७३ रन बनाएपछि लुम्बिनी प्रदेशले मधेश प्रदेशको टीमलाई १५९ रनको विजयी लक्ष्य दिएको छ ।लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आज टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएर मधेश प्रदेशलाई १५९ रनको विजयी लक्ष्य दिएको छ ।प्रतियोगिताको २३ औँ खेलमा लुम्बिनीका लागि मध्यम लक्ष्य बनाउन आकाशले १२३ बलको सामना गर्दै १ छक्का र ६ चौकाको मद्दतमा ७३ रनको योगदान दिए । उनले अर्धशतक बनाउन १०५ बल खेले । ६० रनमा पाँच विकेट गुमाई सकेको अवस्थामा आकाश त्रिपाठी र कृष्ण कार्कीले धैर्यता देखाउँदै ७५ रनको साझेदारी गरेपछि लुम्बिनीले मधेश प्रदेशलाई मध्यम लक्ष्य दिएको हो । विशाल पटेलको बलमा बोल्ड हुँदै ७३ रनमा आकाश आउट भएपछि लुम्बिनीका लागि कृष्ण कार्कीले राम्रो खेल खेलेका छन् । कृष्णले ५३ बल खेल्दै ३ छक्का र १ चौकाको मद्दतमा ३३ रन बनाए ।

कप्तान देव खनाल २५ बल खेल्दै २ चौकाको मद्दतमा १६ रन बनाएर कमल गुप्ताको बलमा एलबीडब्लूको सिकार भए । लुम्बिनीका अरु खेलाडी सस्तैमा आउट भए । ओपनरद्वय मृनाल गुरुङले ६ रन, मनिष थापाले ५ रन बनाए । नरबहादुर सार्कीले ५ रन, अजय चौहानले ४ रन, निर्मल गुरुङ र विप्रसन केसीले समान ३र३ रन, प्रज्वल थापा र रमेश कुर्मले १र१ रन जोडे ।पहिलो १० ओभरमा जम्मा २९ रन बनाउँदा दुवै ओपनर गुमाएको लुम्बिनीले २३ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर जम्मा ६० रन बनाएको थियो । त्यसपछि लुम्बिनीका खेलाडी सम्हालिएर खेल्दा मध्यम लक्ष्य बनाउन सफल भएको हो ।मधेश प्रदेशका कमल गुप्ताले निकै कसिलो बलिङ गर्दै १० ओभरमा ४ मेडनसहित ३२ रन खर्चेर ३ विकेट हात पारे ।विशाल पटेलले पनि किफायती बलिङ गर्दै ३ विकेट लिए । उनले ५ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिँदा हरिशंकर शाहले ५ ओभरमा १ मेडनसहित १४ रन दिएर १ विकेट लिए । रञ्जित कुमारले १० ओभरमा ३२ रन दिएर १ विकेट लिँदा प्रदीप पासवानले पनि ८ ओभरमा २१ रन दिएर १ विकेट लिए ।

१५९ रनको विजयी लक्ष्य पछ्याउन अब केहीबेरमा मधेश प्रदेशले जवाफी ब्याटिङ गर्दैछ । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको चौथो स्थानमा लुम्बिनी र पाँचौं स्थानमा मधेश प्रदेश रहेको छ ।नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।तीन खेल मैदानमा भईरहेकोे प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?