ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

४ चैत्र २०८१, सोमबार
४ चैत्र २०८१, सोमबार

काठमाडौं, ४ चैत ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ शुरू हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर,  उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ ।

परीक्षा नियन्त्रक पौडेलले भने, ‘गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन् ।’

कार्यालयले  यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।

यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौं र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए।

यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् ।

यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ ।

लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छभने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?