Butwal Today

प्रति तोला ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

३ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार सुन एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।