ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

लुम्बिनीद्वारा बाग्मती प्रदेश विरुद्ध ४८ रनकाे सानदार जीत

३ चैत्र २०८१, आइतबार
३ चैत्र २०८१, आइतबार
दाङ,३ चैत ।
लुम्बिनीका स्पिनर चम्किएसँगै लाे स्काेेरिङ लक्ष्य बचाउँदै बाग्मती प्रदेश विरुद्ध ४८ रनकाे सानदार जीत हासिल गरेकाे छ । दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत लुम्बिनी प्रदेशले दिएकाे ११६ रनकाे सामान्य लक्ष्य पछ्याएकाे बाग्मती प्रदेश २२ दशमलव ५ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियाे ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिताकाे आठाैँ दिनको  २०औं  खेलमा जवाफी ब्याटिङ गरेकाे वाग्मतीले पहिलाे पावर प्लेमा ४ विकेट गुमाएर ३६ रन बनाएकाे थियाे । दाेस्राे पावर प्लेमा आई पुग्दा बाग्मती अलआउट भयाे ।
वाग्मतीलाई लाे स्काेर टारगेटमा पनि राेक्न लुम्बिनीका स्पिनरले उत्कृष्ट बलिङ गर्दै ६ ब्याटरलाई बाेल्डआउट गरे । एक ब्याटर एलबीडब्लूकाे सिकार हुँदा २ ब्याटर क्याचआउट हुँदा १ जना स्टम्पिङ आउट भए  ।११६ रनकाे विजयी लक्ष्य पछ्याएकाे बाग्मती प्रदेशका लागि कप्तान पृथु बास्काेटाले २६ बलमा २ चाैकासहित १५ रन बनाउँदा विप्रसन केसीकाे बलमा बाेल्ड भए । पहिलाे विकेटका रुपमा रित गाैतमलाई दाेस्राे ओभरकाे अन्तिम बलमा स्पिनर निर्मल गुरुङ शून्य रनमा आउट गरेपछि शुरु भएको विकेट पतनकाे सिलसिला स्पिनरकाे धारिलाे बलिङले कायम राख्याे ।ओपनर आशुताेष घिरैया १५ बलमा २ चाैकाकाे मद्दतमा ११ रन बनाएर रमेश कुर्मीकाे बलमा  आउट भए । शुभ कंशाकार निर्मल गुरुङको बलमा २ रनमा बाेल्ड भए ।ईशान पाण्डे शून्य रनमा रमेश कुर्मीकाे बलमा थापाले स्टम्पिङ आउट  भए ।
सूर्य तामाङ १० बलमा ६ रन बनाएर अजय चाैहानकाे बलमा बाेल्ड हुँदा विवेक मगरलाई विप्रसन केसीले ३ रनमा बाेलेड गरे सुमन सुनार ११ रन बनाएर अजय चाैहानकाे बलमा नरबहादुर सार्कीकाे हातबाट मिडअनका उत्कृष्ट क्याचआउट भए ।
गाैतम केसी ८ रनमा अविजित रहँदा साेनु देवकोटालाई विप्रसन केसीले शून्य रनमा आउट गर्दा र रिजन ढकाललाई अजय चाैहानले अन्तिम विकेटका रुपमा शुन्य रनमा पेभेलियन फर्काएपछि २२ दशमलव ५ ओभरमा लुम्बिनीले खेल आफ्नाे पक्षमा पार्याे । लुम्बिनीका अजय चाैहानले ५ दशमलव ५ ओभरमम २ मेडनसहित १४ रन दिएर ३ विकेट लिए ।विप्रसन केसीले पनि ६ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिए ।निर्मल गुरुङले ५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिँदा रमेश कुर्मीले ५ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए ।प्रतियोगितामा कसिलाे बलिङ गर्दै जीतकाे आधार तय गरेका लुम्बिनीका विप्रसन केसी प्लेयर अफ द म्याच भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे लुम्बिनी प्रदेशले ११५ रन बनाएकाे थियाे ।
 लुम्बिनी प्रदेश ३२ दशमलव ४ ओभरमा अलआउट हुँदै ११५ रन बनायाे ।
लुम्बिनीलाई सस्तैमा समेट्न वाग्मतीका सबै बलले उत्कृष्ट बलिङ गरे । पाँच बलर प्रयाेेग गरेकाे वाग्मतीका सबै बलरले विकेट लिए । छैठौं ओभरबाट शुरु भएको विकेट पतन ३३ ओभरमा पुगेर टुंगियाे ।
आकाश त्रिपाठीले ३३ रन जाेड्नु बाहेक अरु खेलाडीले धैर्यता देखाउन सकेनन्  ।
छैठौं ओभरकाे पाँचौं बलमा रिजन ढकालले ओपनर मृनाल गुरुङलाई व्यक्तिगत ५ रनमा पेभेलियन फर्काए । स्लाे रन शुरुवात गरेकाे लुम्बिनी प्रदेशका खेलाडीले पहिलाे पावर प्लेमा २ विकेटको क्षतिमा ३५ रन जाेडेका थिए ।
अर्काे ओपनर मनिष थापा ३५ बलकाे सामना गर्दै १ चाैकाकाे मद्दतमा १५ रन बनाउँदै ईशान पाण्डेकाे बलमा ढकालकाे हातबाट क्याच आउट भए  ।
लुम्बिनीका कप्तान देव खनालले २७ बल खेल्दै १ चाैकासहित १५ रन बनाएर सूर्य तामाङकाे बलमा तेस्रो विकेटका रुपमा आउट भए  ।
प्रजवल थापा ६ रन जाेडेर ईशान पाण्डेको बलमा बाेल्डआउट भए ।
विप्रसन केसी २० बल खेलेर जम्मा ९ रन बनाउँदै  गाैतम केसीकाे बलिङमा विकेट किपर विकेक मगरबाट क्याच आउट भए ।
कृष्ण कार्की १५ बल खेल्दै १ छक्कासहित ७ रन बनाएर गाैतम केसीकाे बलमा लङअनमा साेनु देवकोटाकाे उत्कृष्ट क्याचमा पेभेलियन फर्किए ।
रमेश कुर्मी ८ बल खेलेर गाैतम केसीकाे बलमा बाेल्ड भए   । लुम्बिनीलाई लाे स्काेरमा समेट्न गाैतम केसीले पाँच दशमलव ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए ।
सूर्य तामाङले ८ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिएर २ विकेट लिँदा ईशान पाण्डेले पनि ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।।
रिजन ढकालले २४ रन दिएर १ विकेट लिँदा साेनु देवकाेटाले ३७ रन खर्चेर १ विकेट लिए ।
११६ रनकाे विजयी लक्ष्य पछ्याउन अब
जारी प्रतियोगितामा लुम्बिनी ४ खेलमा ३ मा जीत निकाल्दै ६ अंकका साथ चाैथाे स्थानबाट तेस्रो स्थानमा उक्लिएकाे छ । उता, वाग्मती प्रदेश चार खेलमा १ मा जीत निकाल्नु बाहेक अरु खेलमा सुखद नतिजा निकाल्न सकेकाे छैन । अब प्रतियोगिता अन्तरगत भाेलि लमहीमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच बिहान ९ बजेपछि खेल हुनेछ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले खेलीरहेका छन् ।
फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता जारी छ ।
दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन्
हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?