ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

डढेलोले बढाउँदै क्षतिः सावधानीको खाँचो

३ चैत्र २०८१, आइतबार
३ चैत्र २०८१, आइतबार

गएको साता पाल्पाको रिब्दीकोट गाउँपालिकाको जंगलमा लागेको डढेलो तीन दिनपछि मात्रै नियन्त्रणमा आयो । यो डढेलोले गर्मीयाम सुरु भएको र वन जंगलमा डढेलो लाग्ने जोखिम बढिरहेकोले आगलागीका घटना नियन्त्रण गर्नेतर्फ आम नेपाली जनताको ध्यान तानेको छ । यसअघि सिन्धुपाल्चोकमा समेत डढेलोका कारण हेलीकोप्टरको प्रयोग गरि आगलागी नियन्त्रण गर्नुपरेको थियो । त्यसो त हरेक वर्ष गर्मीयाम शुरू भएसँगै आगलागीका घटनामा ठूलो जनधनको क्षति हुने गरेको छ । यो बर्ष गर्मी सुरु नहुँदै आगलागीका घटना सुरु भएका छन् । यो गंभीर चिन्ताको कुरा हो । वन जंगलमा मात्रै होइन, सहर बजारका पसल, घर क्षेत्रमा समेत आगलागी हुँदा लाखौंमात्रै होइन करोडौंको क्षति हुदै आएको छ । नेपालगञ्जमा हालै भएको आगलागीले करोडौंको क्षति पुगेको छ । पछिल्लोसमय यस प्रकारका घटनामा मानवीय क्षति हुनेक्रम समेत बढ्दै गएको छ । गर्मी सुरु नहुँदै सुरु भएका आगलागीका घटनाले चिन्ता थपेको छ । आगलागी न्यूनीकरणका लागि बेलैमा सचेतना नअपनाउँदा ठूलो घटनाको रूपमा देखिने गरेको छ । आगलागीका कारण निजी सम्पत्ति मात्र हैन, सार्वजनिक स्रोत–साधनको समेत नोक्सान हुने गरेको छ । विशेषगरी फागुनदेखि जेठसम्म हावाहुरीका साथै मौसमी तापक्रम बढ्ने भएकोले यो समयमा आगलागीका घटना धेरै हुने गरेको छ । आगलागीका घटनामा क्षति बढ्नुमा समय–समयमा पानी नपर्नु, पानीका मुहान सुक्दै जानु, अव्यवस्थित बसोबास बढ्नु, आगलागीपछि तत्काल नियन्त्रणको लागि सक्रियता बढाउन नसक्नु, सीमित स्रोत–साधनको भरमा आगो नियन्त्रणको प्रयास गर्नुपर्ने बाध्यतजस्ता थुप्रै कारण छन् । विगतमा भएको आगलागीका घटनालाई केलाउने हो भने धेरैजसो सानो मानवीय गल्तीका कारण आगलागी हुने गरेको पाइन्छ ।
विपदजन्य यस प्रकारका घटना नियन्त्रण र न्यूनिकरणमा तीनै तहका सरकारको ध्यान जानु जरुरी छ । गाउँघरमा खाना पकाइसकेपछि लापरबाही तरिकाले आगो छोडिदिने, गोठमा गाईवस्तुको सोतर सफा नगरी कुँडो पकाउने र आगोलाई त्यत्तिकै छोडिदिने, खेतबारीमा झाडी सफा गर्ने नाममा जथाभावी आगो बाल्ने, राम्ररी घाँस पलाउँछ भनेर कान्लामा आगो लगाउने, अरिङ्गाल पोल्नेजस्ता कार्य गर्दा आगो फैलिएर अनियन्त्रित भएको पाइन्छ । पछिल्लो समय विद्युत् प्राधिकरणले विद्युतको पोल तथा लाइनको नियमित मर्मतसम्भार नगर्दा पनि कतिपय ठाउँमा विद्युत् सर्ट भई आगलागीका घटना हुने गरेको छ । यसतर्फ सम्वन्धिन निकायको ध्यान जाओस् । साथै बाक्लो बस्तीमा अव्यवस्थित फर्निचर उद्योगहरू सञ्चालन हुँदा पनि आगलागीका घटनामा धेरै नोक्सानी भएको छ । साँगुरो बाटो, बाक्लो बस्ती, समयमा अग्निनियन्त्रक यन्त्र पु¥याउन नसक्नुको कारणले पनि शहरी क्षेत्रमा आगलागीले बढी क्षति पु¥याएको छ । यस विषयमा पनि अव सचेतनामात्रै होइन नियन्त्रणको उपायको आवश्यकता छ ।
मूख्यगरि फागुनदेखि जेठसम्म आगलागीका घटना बढ्ने भएकोले सचेतना अति आवश्यक छ । धेरैजसो आगलागीका घटना सानो मानवीय गल्तीका कारण हुने भए पनि आमनागरिक सचेत हुन सकेका छैनन् । घटना घट्नुअघि नै सचेतना अपनाई आगलागीका घटनाबाट बर्सेनि हुने ठूलो जनधनको क्षति न्यूनीकरण गर्नुपर्छ । खासगरी अहिले हरेक पालिकामा बारुणयन्त्रको व्यवस्था गरिएको छ । बारुणयन्त्र नभएका पालिकाहरूले समेत गर्मी याममा बारुणयन्त्रको व्यवस्था गर्नुपर्दछ । वन जंगलमा घाँस दाउरा गर्नेहरूले चुरोट, बिँडी खादा लापरवाही साथ आगो लगाउने गरेको देखिएको छ । यसतर्फ पनि उपभोक्तालाई सचेत वनाउनै पर्दछ । सानो असावधानीले ठूलो क्षति हुने भएकोले बेलैमा सचेतना आवश्यक छ । खासगरी वन जंगलमा अग्नी रेखा निर्माण गर्ने, घाँस दाउरा गर्न जंगल जान रोक लगाउने, जंगल किनारमा रिचार्ज पोखरीको निर्माण गर्ने लगायतका काममा ध्यान पु¥याउन सकियो भने आगलागी नियन्त्रण गर्न सकिन्छ । अतः तीनै तहका सरकारका साथै सामुदायिक वन, वनमा आश्रित उपभोक्ता लगायत सवै सर्वसाधारण नागरिकले आगलागीका घटना हुनै नदिनेतर्फ पूर्व सतर्कताका साथ ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?