ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

ठूला दलहरूले प्रतिशोध राखेर फसाउन खोजेः अर्याल

३ चैत्र २०८१, आइतबार
३ चैत्र २०८१, आइतबार

बुटवल, ०३ चैत्र ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले रविलामिछानेलाई ठूला दलहरूले प्रतिसोध राखेर फसाउन खोजेको बताएका छन् । उनले ठाउँमा आफूले केही समय कार्यवाहक अध्यक्ष रूपमा पार्टी सम्हालेको बताएका छन् ।शनिबार रूपन्देहीको देवदह नगरपालिका–७ को पार्टी कार्यालय उद्घाटन गर्दै सभापति अर्यालले पार्टी अझै पनि रवि लामिछानेको नेतृत्वमा रहेको स्पष्ट पारे ।

उनले भने– ‘हाम्रो पार्टीमा कुनै गुट, उपगुट छैन । पार्टी केवल रवि लामिछाने गुट हो । रविले जनताका समस्याहरू उठाउन थालेपछि एकपछि अर्को उचाइ लिएको ठूला दलहरू मन नपरेका कारणले सहकारी मुद्दामा डुलाएको आरोप लगाए । उनले रविलाई जति डुलाए पनि केही फरक नपर्ने बताए ।बुटवल–नारायणगढ सडक २ वर्ष बन्नु पर्नेमा ८–१० वर्षसम्म ढिलाइ गर्दा त्यसले जनतालाई परेको असरको क्षतिपूर्ति कसले दिने प्रश्न गरे ।

उनले दलहरू आफैँमा खराब नभए पनि दलको नेतृत्व गर्नेहरूको गलत कामले गर्दा मुलुक अगाडि बढ्न नसकेको बताए । अर्यालले रास्वपाले अब जनताको एजेन्डालाई साथ लिएर केन्द्रदेखि वडासम्म काम गर्ने प्रतिबद्धता जनाए । रास्वपा आगामी निर्वाचनमा एउटा ठूलो शक्ति भएर आउने जिकिर गरे । कार्यक्रममा प्रदेश सभापति देवराज पाठकले पछिल्लो समयमा जनातामा देखिएको निराशालाई चिर्नका लागि रास्वपाको उदय भएको उल्लेख गर्दै नागरिकको भरोसाको पार्टीका रूपमा रास्वपाले काम गर्ने आश्वासन दिए ।

देवदह नगर सभापति मेघनाथ भण्डारी, केन्द्रीय विभाग सदस्य गणेश पौडेल, प्रदेश उपसभापति शालिकराम घिमिरे, प्रदेश सल्लाहकार विनोद खरेल, मित्रबहादुर कुवँर, जिल्ला सदस्य बिष्णुप्रसाद पौडेल, नवप्रवेशी धर्मराज पौडेल, भिमलाल काफ्लेलगायतले आआफ्ना भनाई राख्दै पार्टीलाई बलियो बनाउन सबैले आआफ्नो भुमिका निभाउनु पर्ने बताएका थिए ।

यसैबीच शनिबारनै भएको रास्वपाको वडा नम्बर ७ को अधिवेशनले मणिप्रसाद काफ्लेको अध्यक्षतामा नौ सदस्यीय वडा समिति बनाएको छ ।समितिको उपसभापतिमा कर्णबहादुर पुन मगर, सचिवमा अर्जुन उपाध्याय तथा सदस्यहरूमा मन्जु भुसाल, हिलाल न्यौपाने, प्रेम क्षेत्री, राज ठाकुर, पूर्वबहादुर दर्जी र धु्रवप्रसाद शर्मा रहेको भएको जिल्ला सचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?