ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

बालसुधार गृहका ४९ घाइते बालबन्दी अस्पताल भर्ना

२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार

नेपालगञ्ज, २ चैत ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयन्दु बाल सुधार गृह’मा भएको कुटाकुट र आगजनीको घटनामा ४९ जना बालबन्दी घाइते भएका छन् । कुटाकुटबाट सामान्यदेखी गम्भिर घाइते भएका ४९ जनालाई भेरी अस्पताल र संजिवनी अस्पतालमा भर्ना गरिएको हो । डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरमा रहेको ‘जयन्दु बाल सुधार गृह’ मा शुक्रबार मध्यराति देखी सुरु भएको तनाव शनिबार दिउँसो साम्य भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले कुल ४९ जना बाल बन्दीलाई अस्पतालमा भर्ना गरिएको बताए ।

प्रजिअ जोशीका अनुसार शुक्रबार राति ६ जना र शनिबार ४३ जना घाइते भएका छन् । ‘यि मध्ये सामान्य अवस्थादेखी केही गम्भिर चोट लागेकाहरु छन्, केहीले टाउको दुख्यो, अप्ठ्यारो भयो भनेपछि उनीहरुलाई पनि अस्पताल पुर्याएका छौं ।’ यि मध्ये गम्भिर घाइते दुई जनाको सिटी स्क्यान गरिएको प्रजिअ जोशीले जनाए । बाल बन्दीहरुले सुरक्षाका लागि खटिएका प्रहरीमाथी समेत इट्टा प्रहार गरेका थिए । इट्टा प्रहारबाट ३ जना प्रहरी समेत घाइते भएका छन् । घाइते प्रहरीको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थिती नियन्त्रणमा शनिबार दिउँसोसम्म पनि प्रहरीलाई हम्य–हम्य परेको थियो ।

त्यसका लागि बाल सुधार गृहमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । कुटाकुट हुँदा सुधार गृहबाट ५÷६ जना बालबन्दी भागेकोमा पछि सम्पर्कमा आईसकेको प्रजिअ जोशीले बताए । उक्त सुधार गृहमा २५५ जना बालबन्दी र १२ जना प्रहरी बस्दै आएका थिए । आगजनीका कारण भवनको पहिलो तला बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ । आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार भवन क्षतिका कारण ७०–८० जना बालबन्दीलाई बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा स्थानान्तरण गरिएको छ ।

अपराधमा समलग्न बालकहरु लाइ सुधार्नका लागि सञ्चालनमा आएको बालगृहमा यसअघि पनि पटक पटक झडप हुँदै आएको छ । बालबिज्याई (अपराध)गर्नेलाई कारागारमा राख्दा झन् बिग्रिन्छन भने मान्यताका आधारमा त्यस्ता बालबालिकालाई बालसुधार गृहमा राखिन्छ । सुरक्षा बलियो नहुदा बालगृह बाट बालबालिका भाग्ने क्रम पनि हुदै आएको छ । सुधारगृह सुबिधाका हिसाबले अब्बल छ ।

खेलकुद देखि पढाइ नियमीत रुपले हुदै आएको छ । सुधारगृहमा संघसंस्थाको लगानि पनि देखिन्छ । तर बालसुधारगृहमा बस्ने बालकहरुमा डर र अनुशासनको कमीका कारण बालसुधार गृहमा अपराधीक क्रियाकलाप बढेको देखिएको छ । स्वास्थ्य समस्या भएका उपचार गराउने आफनै चिकित्सक छैनन् । सुधारगृहकी इन्चार्ज विमला काउचाले भनिन् –‘सबैकुराको सुबिधा छ, पोशाक बिनाको प्रहरी भएकाले पनि उनिहरुमा डर नै भएन् जे गरेपनि कसैले केहि गर्दै भन्ने कुराले मनोबल बढायो ।’ तर उमेर पुगेका र नपुगेका बालकहरु एकै ठाउमा राख्दा चुनौती छ । सुरक्षा बलियो छ तर प्रहरी पोशाकमा छैन् हतीयार देखाउन पाइदैन् ।

पिटने कुरा भएन्, डर भन्ने चिज नै रहेन् ।’ मानवअधिकारको हिसाबले बालमैत्रीपुर्ण ब्यवहारनै उनिहरुका लागि घातक हुदै गएको देखिएको छ । कानुन ब्यवसायी बसन्त गौतमका अनुसार बालअधिकार ऐनमै १८ बर्षमुनिको उमेरमा अपराध गरेका बालकहरुलाइ लाइ उमेर पुगेपनि कारागार नपठाउने ब्यबस्था रहेको छ । ‘सुधारगृह भन्नु नै सुधार गर्ने ठाउ हो । बिगतमा कानुनले नगर्नु भन्ने काम गरेका बालकहरुलाइ सुधार्ने प्रयास हो बालअधिकारकर्मी सिद्धराज पनेरुले भने,‘ यस्ता बालकरुलाइ दिर्घकालीनरुमा सुधार्नका लागि राज्यले लगानी आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?