Butwal Today

हङकङविरुद्ध नेपालले पायो १०५ रनको लक्ष्य

१ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

युगान्डामा जारी वुमन्स डे कपमा नेपालले हङकङविरुद्ध जितका लागि १०५ रनको लक्ष्य पाएको छ।

टस जितेर ब्याटिङ रोजेको हङकङले ८ विकेट क्षतिमा १०४ रन बनाएको हो।

हङकङकका लागि ओपनर सान्जिन शाहजादले अर्धसतक बनाइन्। उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाएकी हुन्।

चाल का इङले २९ बलमा १६ र यासमिन दासवनीले १५ बलमा १४ रनको योगदान गरिन्। उनले एक चौकाको मद्दतमा उक्त स्कोर बनाएकी हुन्। हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि राजमती ऐरीले ३ विकेट हात पारिन्। उनले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएकी हुन्। इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी बिष्टले एक एक विकेट लिए। यसअघि हङकङले नेपालसँगको पहिलो खेलमा १०१ रनको लक्ष्य दिएको थियो। उक्त खेलमा नेपाल २ रनले पराजित भएको थियो।