ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रुपन्देहीमा विभिन्न संघसंस्थाको होली मिलन कार्यक्रम

२९ फाल्गुन २०८१, बिहीबार
२९ फाल्गुन २०८१, बिहीबार

बुटवल, २९ फागुन ।
रुपन्देहीका विभिन्न ब्यवसायिक संघसंस्थाहरुले एकआपसमा शुभकामना साटासाट गरि होलीमिलन कार्यक्रम मनाएको छ । धार्मिक र सास्कृतिक महत्व बोकेको होली पर्वको अवसरमा विहिबार बुटवल उद्योग वाणिज्य संघ, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही,राष्ट्रिय अग्रहरी समाज नेपालले बुटवलमा शुभकामना आदानप्रदान गरि मनाएको हो ।

सिद्धबाबा पार्टी प्यालेसमा आयोजना गरिएको होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको होली मिलन कार्यक्रमको सागर डिष्ट्रिलरी लिमिटेडका रिजनल म्यानेजर किशोर पुरीले उद्घाटन गर्दै मदिरा ब्यवसायी र पर्यटन ब्यवसायीहरु बिचको सहकार्यबारे प्रकाश पारे । बजारमा उपभोक्ताको मागलाई मध्येनजर गरि गुणस्तरिय मदिरा उत्पादन गर्दै आएको भन्दै एकअर्काबिच ब्यवसायिक सहकार्य गर्न सके ब्यवसाय प्रवद्र्धन हुने उनले बताए ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार माधव प्रसाद नेपालले पौराणिक र स्वास्थ्यसंग समेत जोडिएको असत्यमाथि सत्यको जितको पर्वका रुपमा मनाउने गरिएको बताए । मानव जिवनको सार्थकता समाजलाई केही दिनसकेमात्र सफल हुने बताए । पुर्खाहरुले धेरै छोडेर गएको भन्दै अब हाम्रो पुस्ताबाट योगदान जरुरी छ । पर्यटन, कृषि र जलश्रोतबाट मात्र आर्थिक समृद्धि हुने सरकारको घोषणाको कारण पनि अब यसलाई मुलमुद्घा बनाएर अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार समुन्द्र जिसिले ब्यवसायिक एकतालाई मुलमन्त्र बनाएर अघि बढ्न सुझाव दिदै नेपालीहरुको पर्वहरुको समेत संदेश रहेको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले संस्थाका वार्षिक कार्ययोजना अनुसार संस्कृति संरक्षण अभियान अन्तरगत होलीको शुभकामना मनाएको बताए । पछिल्लो केहि वर्षमा विश्व नै आर्थिक कठिनाईबाट ग्रुजेको बेला पर्यटन ब्यवसाय अछुतो नरहेको भन्दै संस्थाबाट विभिन्न समयमा संघबाट भएको कामहरुबारे जानकारी दिए । घरबहालको समस्या, होर्डिङ बोर्डको विषय लगायतको बेला अगुवाई गरेको उनले बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले संस्थाको हक अधिकारसंगै ब्यवसायिक एकता दर्शाउने यो पर्व होलीको महत्व रहेको बताए । कार्यक्रममा संघका सल्लाहकार विष्णु पोखरेलले पौराणिक कथाको आधारमा महत्व बोकेको होली पर्वको महत्व आज पनि उत्तिकै रहेको बताए ।

कार्यक्रममा संघका महासचिव अर्जुन थापा, कार्यक्रम संयोजक दामोदर पौडेलले होटल ब्यवसायहरुको बिचमा सदभाव र एकता दिने गरि वर्षभरि नै विविध रचनात्मक कार्यक्रमलाई मनाउने परम्परा आफुहरुले कायम गरेको बताए ।

यसैबिच फागू पूर्णिमाको अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बिहिबार संघमा आयोजना गरिएको होली मिलन कार्यक्रमका सहभागीहरुले विविधतामा एकता सहित सास्कृतिक सहिष्णुतामा जोड दिनुपर्ने बताएका छन । कार्यक्रममा बुटवल उपमहानरापलिकाका नगर प्रमुख खेलराज पाण्डेयले फागुपर्व सबै नेपालीलाई सास्कृतिक एकताको शुत्रमा बाध्ने पर्वको रुपमा रहेको भन्दै आपसी सद्भाव र धार्मिक सहिष्णुता समेत कायम गर्दै आएको बताउ । नेपाली समुदायले मनाउने पर्वको धार्मिक, साँस्कृतिक र ऐतिहासिक समेत महत्व उजागर गर्दै आएको बताउँदै यसको महत्वलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने कुुरामा जोड दिए ।

कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले संघको स्थापना देखि नै रङ्गहरुको पर्वको रुपमा रहेको फागूपूर्र्णिमामा कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै अग्रजहरुको देखेको सपना साकार पार्नको लागि सबैले सहकार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा संघका पुर्वअध्यक्ष अर्जुनमान सैजु, बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने, नेपाल ट्रेड युनियन काग्रेस प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, रुपन्देही व्यापार संघका सचिव मनहरी बस्याल, उद्योग व्यापार संघ बुटवलका महासचिव यमलाल मरासिनी, बुटवल उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारीले संस्थागत सम्बन्ध बिस्तारमा पर्वहरुको महत्वबारे प्रकाश पारे ।

यसैगरि राष्ट्रिय अग्रहरी समाज नेपालले पनि होली मिलन तथा रंगारंग कार्यक्रम गरि मनाएको छ । कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै विभिन्न जातजातीहरुमा सदभाव र एकताको पर्वका रुपमा होली रहेको बताए ।
कार्यक्रममा समाजका अध्यक्ष डा योगेन्द्र अग्रहरीले परम्परागत चाडपर्वहरुको संरक्षण र जर्गेना गर्ने उदेश्यका साथ सास्कृतिक, धार्मिक महत्व बोकेको होली मिलन कार्यक्रम गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?