ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

‘सम्मान चाहनेले सम्मान दिनपनि जान्नुपर्दछ’

२९ फाल्गुन २०८१, बिहीबार
२९ फाल्गुन २०८१, बिहीबार
सम्मान जसलाई पनि र जहिले पनि चाहिन्छ । सम्मान चाहिंदैन भन्ने सायद यो दुनियाँमा कोही छैन । सम्मान चाहनेले सम्मान दिन जान्नुपर्दछ भन्ने एउटा नीति छ । जुन आम चर्चाको विषय पनि हो । सम्मान वृत्तिले अर्थात धन र विद्याले हुने गर्दछ । त्यो भन्दा अझ ठूलो सम्मान ज्ञानले हुने गर्दछ । आजभोली सम्मान खोज्नका निम्ति गाँठको कुरा गरिन्छ । “छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी” भन्ने उखान पनि छ । सम्मान, वृति र वान्धवहरूको चर्चा समय समयमा हुने गर्दछ । यसकारण मानिसले जीवनमा के चाहन्छ ? भनेर प्रश्न गर्ने हो भने सिधा उत्तर– आउँछ सम्मान, व्यवसाय अर्थात वृत्ति, मित्रता र विद्या भन्ने आउने छ । यो सर्वमान्य सिद्धान्त पनि हो । यो सिद्धान्त कसैले पनि नकार्न सक्दैन । किनकी हर मनुश्यले के चान्छन् प्रश्नको उत्तरको दायरा यसै भित्र रहेको छ । सम्मानको कुरालाई पुष्टि गर्नका लागि नीतिश्लोकमा यसरी भनिएको छः यस्मिन देशे नसम्मानो न वृत्तिर्न नवान्धवा । न च विद्याऽऽगमः कस्चित तं देशं परिवर्जयेत् । यो श्लोक संझदा आनन्द लाग्छ । यसमा असली सार समेत छ । एउटा जीवनको सार यसैमा पाउन सकिन्छ । यसमा भनिएको छ जुन स्थानमा सम्मान अर्थात इज्जत हुँदैन, वृत्ति अर्थात कमाइ गर्ने कुनै उपाय हुँदैन, आफन्तजन इष्टमित्र पनि हुँदैनन् र त्यहाँ विद्या आर्जन गर्ने स्थान वा प्रदान गर्ने व्यक्ति पनि मिल्दैन भने त्यस्तो ठाउँ छोडनु पर्दछ ।
अर्थात् त्यस्तो स्थानमा बस्नु हुँदैन । यसको भावार्थ यही हो । हरेक मानिसलाई सम्मान, विद्या, धन र वृत्ति विकासको अवसर मिल्नु पर्दछ । वृत्ति भनेको जीवन धान्ने उपाय हो । यसलाई कसैले व्यापार भन्न सक्छन् कसैले नोकरी भन्न सक्छन्, कसैले उद्योगधन्दा वा कृषि प्रणाली आदि विभिन्न भन्न सक्छन् । हरेक मानिसको जीवन निर्वाहको निम्ति गरिने कानुनी र वैधानिक कार्यहरू सबै वृत्ति विकास हुन् । वृत्ति विकासमा लाग्नाले आयआर्जन हुनजान्छ । आयआर्जनबाट वन्धुवान्धवहरूको साथमा मान तथा सम्मान प्राप्त हुन सक्छ । आय आर्जनबाट वान्धवहरू पनि थपिनेछन् । टाढा भएकाहरू पनि मेहनतको सम्मान गर्दै सहयोगमा तत्परता देखाउनेछन् । जीवन धान्नका लागि कुनै अवसर छैन भने अर्काको भर पर्नुपर्छ वा भिक्षाटन गर्नुपर्छ । अर्काको भरपर्नु भनेको या त उसको दास बन्नु हो या त उसको चाकरीमा जीवन बिताउनु हो । एउटा स्वाभिमान व्यक्तिका निम्ति दास र चाकरी दुबै कुरा राम्रा होइनन् । एक समय थियो दास बन्ने बनाउने । अव दासप्रथा हटिसकेको हुनाले यसतर्फ उन्मुख हुन पनि राम्रो कुरा होइन । यसकारण हरेक मानिसका निम्ति सहजरूपले जीवनयापन गर्ने अवसरको आवश्यक्ता पर्दछ । जीवनयापन गर्ने अवसर निजी क्षेत्रबाट र सरकारी दुबै क्षेत्रबाट हुनसक्छ । निजी क्षेत्रबाट हुने भनेको पनि राज्यस्तरबाट अवसर प्रदान गरेर मात्र सम्भव हुन्छ । वृत्ति विकासको अवसर प्राप्ति पश्चातमात्र अन्य विविध कुराको खाँचो पर्दछ । अर्थात हरेकलाई पहिले खाना छाना र नानाको आवश्यक्ता परिपूर्ति गर्नुपर्दछ । यो जीवनको पहिलो शर्त पनि हो । यो खाँचो पूरा गर्नका निम्ति अहिले नेपालीहरू स्वदेश छोडेर विदेशसम्म पुगेको अवस्था छ । हुन त कतिपय विद्यार्थीहरू विद्या आर्जनका निम्ति पनि पुगेको छन् । तर धेरैजसो वृत्तिका निम्ति पुगेको भनाइ पाइन्छ । विदेश जानेहरू सम्मानका निम्ति जाँदैनन् तर उनीहरूलाई सम्मान त आवश्यक छ नि । सम्मान सहित जीवनयापन या सम्मान सहित विद्याआर्जनको आवश्यकता रहन्छ नै । शिक्षा आर्जनबाट वृत्ति विकास हुन सक्छ । यी सबैकुराहरू एक अर्कासंग सम्वन्धित कुराहरू हुन् ।
हरेकलाई वान्धवहरूको आवश्यक हरसमय पर्दछ । हाम्रो समाजको प्रचलन अनुसार समाजमा सहयोग आदान प्रदान गर्नुपर्दछ । यो सरसहयोग अन्यत्रबाट भन्दा वान्धवहरूबाट सहजै पूरा हुन्छ । यसकारण वान्धव नभएको स्थानमा नवस्नु भन्ने नीति रहको छ । वन्धुवान्धसंग समन्वय गर्नु, सदा निकट भएर बस्न सिक्नु र बस्न सक्नु एक प्रकारको धन, मान र विद्या आर्जन गरेको जस्तै हो । वान्धवहरूबाट धेरै कुरा प्राप्त हुनसक्छ । यसकारण नीतिश्लोकमा वान्धवहरू नभएको स्थानमा नबस्नु भनिएको हुनसक्छ । हुन त कतिपय स्वाँठहरू (दुष्टपूर्ण व्यवहार भएको व्यक्ति,विवेक नभएको लठ्ठक) वन्धु वान्धवलाई समेत नटेर्ने व्यहोराका पाइन्छन् । जतिसुकै शिक्षित भए पनि वन्धुवान्धवको वास्ता नगर्नेहरूलाई स्वाँठ मानिन्छन् र स्वाँठको पदवी दिंदा वेश हुन्छ । विद्यालाई प्रदेशको साथी समेत भनिन्छ । विद्या आर्जन गरेरमात्र हुँदैन विद्याको सदुपयोग गर्न जान्नुपर्दछ । वृत्ति, सम्मान र वन्धुवान्धव सबै मिल्ने र मिलाउने राजमार्ग नै विद्या हो । विद्या आर्जन गर्ने र यसलाई ठिक ढंगले परिचालन गर्ने क्षमता वृद्धि गर्ने हो भने वृत्ति पनि सहजै मिल्नसक्छ । टाढिएका वन्धुहरू पनि विद्याले निहुरिएकाहरूका सामुमा झुक्न सक्छन् । झुक्छन् भन्नुको तात्पर्य उसको अति सम्मान गर्छन् । त्यसैले “स्वदेशे पूज्यते राजा विद्वान सर्वत्र पूज्यते” भनिएको हो ।
पहिले विद्वान हुन त जान्नुप¥यो नि । विद्वान हुनका लागि विद्याको भरपुर सहयोग लिनुपर्दछ । हरेकसंग झुक्न जान्ने र अरूको सम्मान गर्न जान्नेहरू हाम्रो समाजका विद्वान हुन् । विद्वताले मान सम्मान यस आराम र वृत्ति समेत मिल्ने भएको हुनाले र यसलाई भाइहरूमा बटवारा गर्नु नपर्ने हुनाले साथै राज्यले धेरै पढेको भनेर वेग्लै कर पनि लगाउँदैन । करको साटो उसलाई कुनै वृत्ति उपलब्ध गराउन सक्छ । त्यसबाट उसको जीवन सहज बन्न जान्छ । पहिले त विद्वता प्रदर्शन गर्नु सक्नु पर्दछ । कसै कसैलाई आफ्नो योग्यता अति ठूलो उचाईको लाग्दछ । त्यो उचाइले उसलाई अरूको सामुमा झुक्न दिंदैन । अनि आफै टाढा हुँदैजाने हुन्छ । यस्ता प्रवृतिका पनि यो भूमिमा केही जन्मिएका छन् । कति त यहाँहरूले आफै देखिसक्नु भएको छ । देख्ने भोग्ने यहाँहरू आफै हुनुहुन्छ । भने यसको वारेमा धेरै कुरा गर्नु पर्दछ भन्ने लाग्दैन । यत्ति त नभने पनि हुन्थ्यो जस्तो लाग्छ तर उनीहरू आफूले अफैलाई मपाइ भनेर पट्यार लाग्ने पनि बनाउने गर्दछन् । त्यसैले दुष्टको संज्ञा दिइएको हो ।
जानकारहरूले हरेकसंग सल्लाह लिने गर्दछन् । आफ्नै वन्धुभित्र त्यस्तो उचित सल्लाह दिने कोही भए उसैसंग सल्लाह साउती गर्नुपर्दछ । यदि छैन भने नजिकमा रहको तर वन्धु नभएको व्यक्तिसंग पनि साथ सहयोग र सरसल्लाह लिने गर्ने हो भने उ पनि वन्धु जस्तै निकटको बन्न जान्छ । वन्धु भनेको निकटवर्ति व्यक्ति हो । साथ संगतले पनि वन्धु बनाउन सकिन्छ । यसबाट पनि सम्मान बढन सक्छ । सम्मान बढनका लागि यहाँ उल्लेख गरिएका सुत्र भन्दा अन्य कुनै पनि चलनमा आएका हुन सक्छन् ती पनि सबै प्रयोगमा लिनु पर्दछ । किनकी सम्मान भनेको सबैभन्दा ठूलो सम्पत्ति हो र गहना पनि हो । किनभने हामीले हाम्रो समाजलाई सहज बनाउनु पर्ने छ । आफू बसेको समाज सहज भयो भने आफू बसेको स्थान छोडेर कतै जानु पर्दैन । “झुक्छन वृक्ष सदैव फूल फलले भारी भएका घरी” । लेखनाथको यो कवितांशले नै सबैको जीवन बुझ्नका लागि काफी हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?