ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

बुटवल–गोरुसिंगे सडक स्तरोन्नति तीव्र

२९ फाल्गुन २०८१, बिहीबार
२९ फाल्गुन २०८१, बिहीबार

जितपुर, २९ फागुन ।
नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले बुटवल–गोरुसिंग सडक स्तरोन्नति कार्यलाई तीव्रता दिएको छ । उक्त योजना अन्तर्गत ५० किलोमिटर लामो सडकलाई शहरी क्षेत्रमा ६ लेन र ग्रामीण क्षेत्रमा ४ लेनमा स्तरोन्नति गरिनेछ ।विश्व बैंकको ९२ प्रतिशत र नेपाल सरकारको ८ प्रतिशत लगानी रहेको यस योजनाले पूर्व–पश्चिम राजमार्गमा यातायात प्रवाह सुधार गर्ने लक्ष्य लिएको छ । हाल बुटवलदेखि गोरुसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नति कार्य दुई ठेक्कामा विभाजन गरिएको छ ।

खण्ड एक (बुटवल–कोठीनदी पुल, २५ कि.मी.) र खण्ड दुई (कोठीनदी पुल–गोरुसिंगे, २५ कि.मी.) अन्तर्गत विभिन्न पूर्वाधार निर्माण भइरहेको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रूपैयाँमा काम पूरा गर्ने गरी गत असार १३ गते ठेक्का पाएका थिए । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ । हालसम्म ३३३४ रुखमध्ये ३१८९ रुख कटान भइसकेका छन्, पुल निर्माण कार्य अघि बढिरहेको छ, र ४ किलोमिटर क्षेत्रमा क्लियरिङ तथा ग्रबिङ कार्य सम्पन्न भएको छ ।

योजना कार्यान्वयनका क्रममा सडक सीमाभित्रका संरचना हटाउने, विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरण, ट्राफिक व्यवस्थापन, तथा वातावरणीय प्रभाव व्यवस्थापन जस्ता चुनौतीहरू छन् । सडक निर्माण गुणस्तरमा कुनै सम्झौता नगर्नका लागि साइट क्लियरन्स, आवश्यक जनशक्ति, उपकरण, र निर्माण सामग्री सुनिश्चित गर्ने प्रयास भइरहेको छ ।
योजनाको प्रगति, चुनौती र आगामी योजना बारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय, तौलिहवामा आइतवार एक विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले समयमै निर्माण कार्य सम्पन्न गरी उदाहरण पेश गर्न आग्रह गरे । उनले सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र समन्वय आवश्यक रहेकोमा जोड दिए ।

योजना प्रमुख इञ्जिनीयर कुशलता न्यौपानेले हालसम्मको निर्माण प्रगतिबारे जानकारी दिँदै आगामी कार्ययोजनाका विषयमा प्रकाश पारेकी छन् । उनका अनुसार निर्माण कार्य निर्धारित मितिभित्र सम्पन्न गर्न आवश्यक समन्वय र स्रोत साधन परिचालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?