ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

बुटवल–गोरुसिंगे सडक स्तरोन्नति तीव्र

२९ फाल्गुन २०८१, बिहीबार
२९ फाल्गुन २०८१, बिहीबार

जितपुर, २९ फागुन ।
नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले बुटवल–गोरुसिंग सडक स्तरोन्नति कार्यलाई तीव्रता दिएको छ । उक्त योजना अन्तर्गत ५० किलोमिटर लामो सडकलाई शहरी क्षेत्रमा ६ लेन र ग्रामीण क्षेत्रमा ४ लेनमा स्तरोन्नति गरिनेछ ।विश्व बैंकको ९२ प्रतिशत र नेपाल सरकारको ८ प्रतिशत लगानी रहेको यस योजनाले पूर्व–पश्चिम राजमार्गमा यातायात प्रवाह सुधार गर्ने लक्ष्य लिएको छ । हाल बुटवलदेखि गोरुसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नति कार्य दुई ठेक्कामा विभाजन गरिएको छ ।

खण्ड एक (बुटवल–कोठीनदी पुल, २५ कि.मी.) र खण्ड दुई (कोठीनदी पुल–गोरुसिंगे, २५ कि.मी.) अन्तर्गत विभिन्न पूर्वाधार निर्माण भइरहेको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रूपैयाँमा काम पूरा गर्ने गरी गत असार १३ गते ठेक्का पाएका थिए । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ । हालसम्म ३३३४ रुखमध्ये ३१८९ रुख कटान भइसकेका छन्, पुल निर्माण कार्य अघि बढिरहेको छ, र ४ किलोमिटर क्षेत्रमा क्लियरिङ तथा ग्रबिङ कार्य सम्पन्न भएको छ ।

योजना कार्यान्वयनका क्रममा सडक सीमाभित्रका संरचना हटाउने, विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरण, ट्राफिक व्यवस्थापन, तथा वातावरणीय प्रभाव व्यवस्थापन जस्ता चुनौतीहरू छन् । सडक निर्माण गुणस्तरमा कुनै सम्झौता नगर्नका लागि साइट क्लियरन्स, आवश्यक जनशक्ति, उपकरण, र निर्माण सामग्री सुनिश्चित गर्ने प्रयास भइरहेको छ ।
योजनाको प्रगति, चुनौती र आगामी योजना बारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय, तौलिहवामा आइतवार एक विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले समयमै निर्माण कार्य सम्पन्न गरी उदाहरण पेश गर्न आग्रह गरे । उनले सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र समन्वय आवश्यक रहेकोमा जोड दिए ।

योजना प्रमुख इञ्जिनीयर कुशलता न्यौपानेले हालसम्मको निर्माण प्रगतिबारे जानकारी दिँदै आगामी कार्ययोजनाका विषयमा प्रकाश पारेकी छन् । उनका अनुसार निर्माण कार्य निर्धारित मितिभित्र सम्पन्न गर्न आवश्यक समन्वय र स्रोत साधन परिचालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?