ट्रेंडिंग:

>> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ

किसानले फलाए गाउँमै पाँच करोडको तरकारी

कम परिणाममा उत्पादन गर्ने किसानहरूले हाट बजारसम्म तरकारी नल्याई घरबाट समेत बिक्री गर्ने गरेका छन् । त्यसरी बिक्री हुने तरकारीको मूल्य समेत जोड्दा अझै धेरै मूल्यको तरकारी बिक्री हुन्छ ।
२९ फाल्गुन २०८१, बिहीबार
२९ फाल्गुन २०८१, बिहीबार

रोल्पा, २९ फागुन ।

रोल्पामा व्यवसायिक तरकारी खेती गर्ने किसानको संख्या बढेसँगै यसबाट हुने आम्दानी पनि बढ्न थालेको छ । जिल्लाको एउटै वडावाट एक वर्षमा करिब १५ करोड भन्दा बढीको तरकारी बिक्री भएको तथ्यांक छ ।रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. २ बाट एक वर्षमा त्यति १६ लाख ५५ हजार ९६० किलोग्राम तरकारी बिक्रीबाट १५ करोड ९० लाख ५९ हजार ५७४ रूपैयाँको तरकारी बिक्री भएको हो । त्रिवेणी गाउँपालिका वडा नं. २ मा रहेका दर्ता गरि संचालनमा रहेका प्रमुख तरकारी सङ्कलन केन्द्रहरूबाट सो परिणामको तरकारी कारोबार भएको हो ।

जस अनुसार गाउँले साना किसान उपज तथा संकलन केन्द्र नुवागाउँबाट जम्मा ३ लाख ३ हजार ६१६ किलोग्राम तरकारी कारोवार भएको थियो । सो तरकारीबाट किसानहरूले २ करोड २७ लाख ७१ हजार २०० रूपैयाँ आम्दानी गरेका छन् । यसैगरी जनउत्थान कृषि संकलन केन्द्र भलाजुङवाट १ लाख १० हजार ५५० किलोग्राम तरकारी कारोबार भएको थियो । सो संकलन केन्द्रबाट किसानहरूले ८८ लाख ४४ हजार आम्दानी गरेका थिए । यसैगरी साना किसान मिलनडाँडा कृषि हाट बजार केन्द्र वाघखोरमा १ लाख ५० हजार ७६२ किलोग्राम तरकारी कारोबार भएको थियो । जसबाट किसानहरूले ६ करोड ४८ लाख ८८ हजार रूपैयाँको आम्दानी गरेका थिए ।

यसैगरी नमूना दहवन कृषी उपज कंललन केन्द्र दहवनमा १० लाख ११ हजार १० किलोग्राम तरकारी कारोवार भएको थियो । सो करोवारवाट त्यहाँका किसानहरूले ५ करोड ९४ लाख ७३ हजार ५३८ रूपैयाँ आम्दानी गरेका थिए । हलंगा हाटवजार समूहमा ८० हजार २२ किलोग्राम तरकारी कारोवार भएको थियो । सो संकलन केन्द्रवाट किसानहरूले तीस लाख वयास हजार ७५० रूपैयाँ आम्दानी गरेका थिए ।

आलु, लसुन तथा फलफूल बाहेकका किसानले उत्पादन गरी संकलन केन्द्र सम्म ल्याउने तरकारीको मात्रै हिसाब गरिएको वडा कार्यालयको भनाइ छ । विवरणमा आलु, लसुन, फलफूलको कारोबार समावेश गरिएको छैन । मुख्य रूपमा टमाटर, बन्दा, फूलगोभी, घिउसिमी, करेला, तिते करेला, खुर्सानी, भेडे खुर्सानी, हरियो साग, धनिया आदी तरकारीहरूको मात्रै विवरण समावेश गरिएको वडा कार्यालयको भनाइ छ ।

आफूले उत्पादन गरेका तरकारीहरू कृषि हाटबजारसम्म किसानहरूले ल्याउने गरेका छन् भने कृषि हाटबजार केन्द्रबाट देशका विभिन्न स्थानमा पु¥याइने गरेको बताइन्छ । देशका विभिन्न स्थानबाट तरकारी व्यापारीहरू कृषि हाटबजारसम्म आएर किसानको तरकारी खरिद गरेर लैजान्छन । विगतमा विचौलियोका विगविगिका कारण किसानले वास्तविक मूल्य नपाउने अवस्था थियो अहिले भने ठूला व्यापारी आफै आएर तरकारीको मोलमोलाई गर्ने भएकाले किसानहरू ठगिन पाएका छैनन गाउँपालिका अध्यक्ष कर्णवहादुर वाँठाले भने । रोल्पामा उत्पादिन तरकारीको थोक खरिद गर्न दाङ, नेपालगञ्ज, धनगढी, भैरवा, बुटवल लगायत देशका विभिन्न स्थानबाट व्यापारीहरू आउने गरेको गाउँपालिका अध्यक्ष वाँठामगरको भनाइ छ ।

कम परिणाममा उत्पादन गर्ने किसानहरूले हाटबजारसम्म तरकारी नल्याई घरबाट समेत बिक्री गर्ने भएकाले त्यस्तो तरकारीको अभिलेख राख्ने गरिएको छैन । यसरी बिक्री हुने तरकारी समेत जोड्दा अझै ठूलो परिणामको तरकारी बिक्री हुने गरेको वडा कार्यालयको भनाइ छ ।

वडा कार्यालयका अनुसार वडाभर रहेका साना हाटबजारहरूको बिस्तृत विवरण संकलन हुन सकेको छैन । दर्ता नभएका बजारहरूमा पनि ठूलो परिमाणमा तरकारी किनबेच हुने भए तापनि हालसम्म आधिकारिक तथ्याङ्क उपलब्ध हुन नसकेको वडा कार्यालयको भनाइ छ । वडा कार्यालयका अनुसार दर्ता नभएका र साना हाटबजारहरूको विवरण संकलन नगरी ठूलो हाट बजारको मात्रै विवरण राखिएको छ । दर्ता नभएका र साना हाटबजारहरूमा अभिलेख व्यवस्थापनको परिपाटी नहुँदा तथ्यांक उपलब्ध हुन नसकेको वडा कार्यालयको भनाइ छ ।

त्रिवेणी गाउँपालिका वडा नं. २ ले कृषि क्षेत्रको बिकासलाई मुख्य प्राथमिकताको क्षेत्रमा राखी काम गर्दै आईरहेको वताईन्छ । उसले चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रमा विनियोजन गर्ने बजेटका अतिरिक्त हाट वजार व्यवस्थापमा समेत बजेट विनियोजन गरेको थियो ।

जस अनुसार साना किसान मिलनडाँडा कृषि हाटबजार केन्द्र, बाघखोरमा फिल्ड निर्माणको लागी २ लाख बजेट विनियोजन गरेको छ । सो हाट बजारका लागि हाल फिल्ड निर्माणको काम भइरहेको गाउँपालिकाको भनाइ छ । यसैगरी जन उत्थान कृषी सङ्कलन केन्द्र, भलाजुङलाई १ लाख बजेट विनियोजन गरिएको छ । नमुना दहवन कृषि उपज सङ्कलन केन्द्र, दहवनको टहरा निर्माणका लागि ५ लाख बजेट विनियोजन गरिएको वडा कार्यालयले जानकारी दिएको छ । यसका साथै कृषि विकासको निम्ति कृषि उपकरणहरू खरिद गर्नका लागि रु.३ लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।

किसानहरूलाई थप हौसला दिनको लागि आगामी दिनहरूमा गाउँपालिका र प्रदेशमा पनि थप बजेट माग गर्ने २ नम्बर वडा कार्यालयको भनाइ छ । किसानहरूकै हक हितमा लाग्ने र उत्कृष्ट किसानलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको वडाध्यक्ष कविराज वुढामगरले भने ।

यता रोल्पाकै रुन्टीगढी गाउँपालिकावाट एक वर्षमा ५० करोडको तरकारी बिक्री भएको बताईन्छ । तीन वटा मुख्य हाटवजार रहेको सो गाउँपालिकामा किसानहरू आफैले तरकारीको मूल्य निर्धारण गरी बिक्री वितरण गर्ने गर्दछन । यहाँका दुई हजार ५०० घरधुरी किसानहरू व्यवसायिक तरकारी खेतीमा आवद्ध छन गाउँपालिका अध्यक्ष जनक पुनले भने । गाउँपालिकाले प्रत्येक वडामा कृषि प्राविधिकहरू समेत खटाएको छ, प्राविधिकहरू किसानको खेतवारीमा पुगेर प्राविधिक सहयोग गर्छन अध्यक्ष पुनले भने । गाउँपालिकाले अघिल्लो वर्षदेखि खसी बजार समेत संचालन गर्दै आइरहेको छ । अघिल्लो वर्ष खसी बजारमा यहाँका किसानले ५ करोड आम्दानी गरेका थिए अध्यक्ष पुनले भने । तरकारी खेतीबाट किसानहरूले राम्रो आम्दानी गर्न थालेसँगै गाउँमा रोजगारीको अवसर नभएको भन्दै विदेशीएका युवाहरू समेत स्वदेश फर्कन थालेका छन् गाउँपालिका अध्यक्ष पुनले भने ।

गाउँमै तरकारी खेतीको राम्रो सम्भावना भएपछि ११ वर्षको विदेश वसाई विट मारी स्वेदश फर्किएको रुन्टीगढी गाउँपालिका ९ का चन्द्रप्रकाश महराले भने । अहिले ३० रोपनी जग्गामा तरकारी खेती गरेका छु महराले भने । वन्दा, गोभी, सीमि, टमाटर, खुर्सानी जस्ता तरकारी बेच्न उनी हरेक हप्ताको मंगलवार र शनिबार हाटबजार जाने गरेको वताउछन । तरकारी बिक्री गरेर उनले एक सिजनमा २० लाख सम्म आमदानी गरेको वताए ।

२०५४ सालमा देखि नै होलेरीमा हाटबजार संचालन गर्ने भनियो, केही सुरुआत पनि भयो तर त्यसले सफलता पाउन सकेन । दश वर्ष लामो सशस्त्र द्वन्द्वले मानिसहरू भेला जम्मा हुने र आवतजावत गर्ने अवस्था खुम्चदै गएपछि यसले सार्थकता पाउन सकेन । २०६३ सालको शान्ति प्रकृयापछि अवस्था असज भएसँगै तत्कालिन गाउँविकास समितिहरूले हाटबजार संचालन गर्ने योजना अघि सारेपनि जनप्रतिनिधि विहिन गाउँविकास समितिले जनतासँग जोडिएको काम गर्न सक्ने अवस्था थिएन । २०७४ सालमा निर्वाचित पहिलो स्थानीय सरकारले पनि हाटबजार संचालन गर्न केही पहल गरे पनि सार्थक परिणाम भने हासिल भएन । पछिल्लो पटक २०७९ सालमा निर्वाचित स्थानीय सरकारले आफ्नो कार्यकालको दोश्रो वर्षमा हाटबजार संचालनमा ल्याएको हो । विगतका गाउँविकास समितिहरूले हाटबजार लगाउने भन्दै केही संरचना पनि बनाएर २,४ दिन हाट वजार संचालन गरे पनि यसले निरन्तरता पाउन सकेको थिएन, अहिले भने दीगो ढंगले अघि वढिरहेको छ रुन्टीगढी गाउँपालिका अध्यक्ष पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?