Butwal Today

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले वृद्धि

२८ फाल्गुन २०८१, बुधबार
अ+
अ-

काठमाण्डौ ।

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँ रहेको थियो

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले बढेर दुई हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?