Butwal Today

नामिबियाविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै

२८ फाल्गुन २०८१, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नामिबियाको सामना गर्दै छ ।यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकी हुन्  । योसँगै नामिबियाले पहिला ब्याटिंग गर्ने भएको छ ।

यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।नेपालले मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?