ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

क्यानले गर्‍यो खेलाडी नयाँ वर्गीकरण, सन्दीपसहित पाँच खेलाडी ‘ए’ मा, कुशल र करणको घटुवा

२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार

काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष तथा महिला क्रिकेट खेलाडीको वर्गीकरण गरेको छ। क्यानले गरेको नयाँ वर्गीकरणमा पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख गरी ५ खेलाडीलाई समावेश गरिएको छ।

गत वर्गीकरण हुँदा सन्दीप लामिछाने निलम्बनमा थिए। उनीबाहेक कप्तान रोहित, सोमपाल, करण, दीपेन्द्र, आसिफ र कुशल भुर्तेल ‘ए’ वर्गीकरणमा थिए। अनिल शाह भने यसअघि डी मा थिए।

ग्रेड ‘बी’मा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललितनारायण राजवंशी र अनिल शाह गरी ५ खेलाडी छन्। यसअघि बी श्रेणीमा रहेका कुशल मल्ल, भीम सार्की आरिफ सेख र अविनाश बोहोराको पनि घटुवा भएका छन्। तीनजना सी मा घटुवा हुँदा बोहोरा डी मा झरेका छन्।

यस्तै, ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल गरी चारजना छन्। विनोद भण्डारी र अर्जुन साउद वर्गीकरणमा नपर्दा प्रतिश जीसी एक तह घटुवा भएर डी मा पुगेका छन्।

ग्रेड ‘डी’मा सागर ढकाल, लोकेस बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरार,  मयन यादव छन्।

पवरन सराफ डी बाट बाहिरिँदा लोकेश बम, साहब आलम, रिजन ढकाल, देवखनाल, बसिर अहमद र मयन यादव डी ग्रेडमा परेका हुन्।

क्यानले इमर्जिङ क्याटागोरीमा यसअघि पनि यही क्याटागोरीमा रहेका दिपेश कँडेल,  अर्जुन घर्ती, हेमन्त धामी, रुपेश सिंह यसपटक पनि छन्।  यसपटक अर्जुन कुमाल, शुभ कंसाकार र सन्तोष यादव पहिलोपटक क्यानबाट मासिक तलब पाउने गरी इमर्जिङ क्याटागोरीमा परेका हुन्।

पुरुषतर्फ ग्रेड ‘ए’मा रहेका खेलाडीलाई मासिक एक लाख, ग्रेड ‘बी’कालाई ७० हजार, ग्रेड ‘सी’कालाई ५५ हजार, ग्रेड ‘डी’कालाई मासिक ३५ हजार र इमर्जिङ क्याटगोरीमा रहेका खेलाडीलाई मासिक २५ हजार रुपैयाँ तलब उपलब्ध गराइने क्यानले जनाएको छ।

महिलातर्फ ग्रेड ‘ए’मा इन्दु वर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर छन्। ग्रेड ‘बी’मा कविता जोशी र ग्रेड ‘सी’मा कविता कुँबर र सम्झना खड्का छन्। यस्तै, ग्रेड ‘डी’मा विन्दु रावल, एलिसा यदादव, साना प्रविन, रिया शर्मा, सीमाना केसी, सावित्री धामी, रोमा थापा, इश्वरी विष्ट, कृष्मा गुरुङ, मनीषा उपाध्यय छन्।

क्यानले महिलातर्फ ग्रेड ‘ए’मा रहेकालाई मासिक ५० हजार, ग्रेड ‘बी’कालाई मासिक ३५ हजार, ग्रेड ‘सी’कालाई मासिक २५ हजार, ग्रेड ‘डी’कालाई मासिक २० हजार रुपैयाँ तलब उपलब्ध गराउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?