ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

शिक्षामा कृत्रिम बौद्धिकताको प्रभाव

२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार

शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स् (एआइ) को प्रभावलाई समालोचनात्मक दृष्टिकोण राखेर विश्लेषण गर्न थालिएको छ । सूचना प्रविधिको द्रूततर विकाससँगै एआइको बढ्दो प्रयोगका कारण मानव जीवनका हरेक गतिविधिमा यसको प्रभाव बढेको छ । शिक्षा क्षेत्रमा पनि एआइको प्रयोग कक्षा कोठाभित्र र बाहिर निरन्तर बढिरहेको छ । आजकल प्रायः शिक्षक र विद्यार्थीहरूले एआइ माध्यमहरूको उपयोग बढाइरहेका छन् । एआइको बढ्दो प्रयोग सँगसँगै यसको फाइदा र चुनौति वा समस्याका बारेमा पनि चर्चा सुरू भएको छ । ज्ञान निर्माण, संप्रेषण र प्रबोधीकरणमा छिटो, सजिलो र सस्तो माध्यम बनेको एआइले विभिन्न समस्याहरू पनि सँगसँगै निम्त्याएको छ । तसर्थ एआइको सही उपयोग र समस्यालाई न्युनीकरण गर्ने सिप र नैतिकताको अभ्यास हुनु आवश्यक छ ।

क. शिक्षामा एआइको सकारात्मक उपयोगः ज्ञान निर्माणका लागि निरन्तर अभ्यास र प्रयोग, चिन्तन, अध्ययन जस्ता तरिका अपनाइने गरिएको छ । एआइको विकाससँगै ज्ञानको स्रोत र विकास केही सेकेण्डमै गर्न सकिने भएको छ । रोबोट मानवले विभिन्न कार्य गरिरहेको, सोफिया रोबोटले नेपालको परिचय दिंदै भाषण गरेको, सेन्सर ढोका वा ह्याण्ड वाश लगायतका प्राविधिक क्रियाकलाप भैरहेका छन् । आजकल च्याटजिपिटि -(ChatGPT ), क्वेशनएआइ (questionai) र पछिल्लो समयमा डिपसिक (deepseek) जस्ता कृत्रिम बौद्धिकता माध्यमहरूले हामीले सोधेका कुनैपनि प्रश्नहरूको जवाफ केही सेकेण्डभित्रै दिन्छन् । यिनी निशुल्क एआई माध्यमहरूका आधारमा जतिसुकै जटील प्रश्नहरू पनि सजिलो जवाफ मिल्ने भएकोले शिक्षक र विद्यार्थीहरूमा लोकप्रीय बनेका छन् । त्यसैगरी कुनैपनि विषयवस्तुमा तालिम कार्यशाला वा गोष्ठी प्रस्तुतिका लागि आवश्यक पावरपोइन्ट, स्लाइड्स् आवश्यक विषयवस्तु र स्लाइड्स् संख्या शब्द, चित्र र तालिका वा ग्राफसहित निर्माण गर्न सकिन्छ । यसका लागि स्लाइड मेकर (slidemaker) को प्रयोग गर्न सकिन्छ । यसैगरी napkins, diffit, teachly, scholarai, briskteaching जस्ता एआइ साधनको प्रयोग गरेर शिक्षक तथा विद्यार्थीले कुनैपनि प्रकारका समस्या समाधान गर्न सक्छन् । नयाँ नयाँ ज्ञानको खोजी गर्नका लागि ल्यापटप र इन्टरनेटको उपलब्धता र ती साधन सञ्चालन गर्न सक्ने ज्ञानमात्र आवश्यक पर्दछ । यी एआइ साधनको प्रयोग गरी स्वतन्त्र तरिकाले बैयक्तिक आवश्यकतामा आधारित ज्ञानको खोजी गर्न सहयोग पुग्दछ । सिकारुले आफ्नै सिकाई गति, समय, आवश्यकता अनुसार ज्ञान निर्माण गर्न सक्ने भएकोले एआइ हरेक स्तर र क्षमताका विद्यार्थीका लागि उपयोगी देखिन्छ । एआइबाट प्राप्त ज्ञानलाई रुजु गर्ने, पुष्टि गर्ने, सम्पादन गर्ने जस्ता थप एआइ साधनहरूको विकास भएको सन्दर्भमा एआइको प्रयोगबाट प्राप्त ज्ञानलाई थप परिष्कृत गर्न सकिन्छ । त्यसैगरी एआइका कारण अनलाइन कोर्सहरू पूरा गर्नका लागि सहज भएको छ । त्यसैगरी शिक्षक र विज्ञ शिक्षकको अभाव भएको अवस्थामा एआइको सहायताबाट ज्ञान प्राप्त गर्न सजिलो भएको छ ।

ख. शिक्षामा एआइको नकारात्मक प्रभावः कृत्रिम बौद्धिकताको उपयोगिता र लोकप्रियता बढिरहेको छ । तापनि एआइ प्रयोगका धेरै चुनौति र समस्याहरू रहेका छन् । धेरै मानिसहरूले एआइको प्रयोग गर्दा शिक्षक विद्यार्थीले सजिलै जवाफ पाउने र त्यो जवाफ मौलिक नभै मसिनबाट निर्मित एकतर्फी खालको हुन्छ । त्यसैगरी यस प्रकारका ज्ञानको सिधै कपि पेस्ट गरिने भएकोले एकातिर विद्यार्थीहरूले मेहनत गर्न छाडेका र अर्कातिर विद्यार्थीको मौलिक सिर्जनात्मक सिप कमजोर बनेको हुन्छ । यसले गर्दा विद्यार्थीमा कक्षा कोठामा ध्यान नहुने, शिक्षकका निर्देशनको पालना नगर्ने, गृहकार्य, कक्षा कार्य र अभ्यास नगर्ने बानीको विकास हुन्छ । समालोचनात्मक तथा सिर्जनात्मक सिपको अभावका कारण विद्यार्थीहरू औपचारिक सिकाई वा ब्यवहारिक जीवनमा आइपर्ने समस्याहरूको समाधान खोज्न सक्दैनन् । त्यसैगरी एआइबाट प्राप्त ज्ञान पाठसँग सम्बन्धित पूर्ण क्षेत्र समेटेको नहुन सक्छ । कतिपय उत्तरहरू अपूर्ण वा सर्बपक्षीय दृष्टिकोण सहितको नहुनसक्छ । अर्कोतर्फ ज्ञानको स्रोत प्रमाणिक खालको नहुने भएकोले प्राप्त ज्ञान र सूचनालाई आधिकारिकता दिन मुस्किल हुन्छ । मुख्यगरेर शिक्षण संस्थाहरूले विद्यार्थीको सिर्जनशीलतालाई नोक्सान गर्ने गरेको, शिक्षक केन्द्रित विधिको प्रयोगका कारण प्रभावकारी शिक्षण नभएको र शिक्षाको गुणस्तर कमजोर हुनुमा विद्यार्थीको भूमिका पूर्ण नभएको भन्ने चर्चा चलिरहेका बेला एआइका माध्यमबाट विना मेहनत प्राप्त हुने ज्ञानको महत्व खास हुदैन । विद्यार्थीले ज्ञान आर्जनमा अपनत्व प्राप्त गर्दैन । तर बौद्धिक चोरीकाकारण थप जटीलता र कानुनी परिबन्दमा पर्ने खतरा हुन्छ । केही वर्ष पहिला त्रिभुवन विश्वविद्यालयका एकजना पूर्व कुलपति बौद्धिक चोरीको आरोप लागेका र त्यसकाकारण उनले प्राप्त गर्नसक्ने नियुक्ति विवादमा पर्नुपरेको थियो । तसर्थ एआइको पूर्ण ज्ञान विना सजिलो तरिकाले गृहकार्य वा लेखन प्रतिवेदन तयार पार्नेहरूका लागि कुनै समयमा धोका हुनसक्छ । अर्थात् एआइ स्वयम्मा धोका होइन कि यसबाट प्राप्त ज्ञानलाई प्रयोग गर्ने सिप विकास भएन भने धोका हुनसक्छ । अर्थात् प्रयोगकर्ताको सिपले धोका दिन्छ । प्राप्त ज्ञानलाई सही तरिकाले प्रयोग गर्नु आवश्यक हुन्छ ।

ग. सामाजिक असमानता र एआइः नेपालको वर्तमान भौतिक विकासलाई हेर्ने हो भने एआइका कारण सामाजिक असमानता बढ्ने देखिन्छ । अहिलेसम्म पनि विद्युतको नियमित आपूर्ति हुन नसकेको, आइसिटी साधनहरू उपलब्ध नभएको, इन्टरनेट सेवा नभएको र भएको ठाउँमा पनि गुणस्तर नभएको, साधनस्रोत भएतापनि सञ्चालन सिपको अभाव, शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न तहका सरकारहरू पनि डिजिटल सिकाइका लागि अग्रसर हुने नगरेका कारण एआइको उपयोग गर्न कठिन देखिन्छ । सूचना प्रविधिमा पहुँच र सञ्चालन सिपको अभावमा अहिलेको मानिस अशिक्षित जस्तै भएको छ । डिजिटल साक्षरता पश्चात् जेनेरेटिभ एआइको माध्यमबाट ज्ञानको निर्माण गर्न सकिन्छ । तर, नेपालमा कम्प्युटर र इन्टरनेटको उपलब्धता र सिप विकास गर्नु नै सामान्य भैसकेको छैन । साधारण तरिकाले सूचना प्रविधिको सञ्चालन गर्न नसक्नेहरूका लागि एआइको उपहार बोकालाई कुभिण्डो जस्तै भएको छ ।

घ. निष्कर्षः कृत्रिम बौद्धिकता वर्तमान युगको एउटा उत्कृष्ट उपहार हो । यसका माध्यमबाट हरेक प्रकारका ज्ञान प्राप्ति, समस्याको सरल समाधान र छिटो समाधान प्राप्त हुने गर्दछ । जेनेरेटिभ एआइका माध्यमबाट शिक्षा क्षेत्रमा लागेका शिक्षक एवम् विद्यार्थीहरूले धेरै फाइदा लिन सक्छन् । तर, प्राप्त ज्ञानलाई सही सदुपयोग गर्ने, सिर्जनशील चिन्तनको विकास गर्ने, बौद्धिक चोरीबाट जोगिने, प्राप्त ज्ञानलाई रुजु गर्ने र विशेषगरी नैतिक पक्षको पालना गर्ने कार्यमा प्रयोगकर्ताहरू सचेत हुनुपर्ने देखिन्छ । तसर्थ एआइको बुद्धिमतापूर्वक उपयोग गर्नु नै अहिलेको माग हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?