Butwal Today

चौबन्दी चोली र कुर्ता सुरुवालको सीप प्रतियोगिता

२८ फाल्गुन २०८१, बुधबार
अ+
अ-

सल्यान, २८ फागुन ।
सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता सुरुवाल सिलाउने सीप प्रतियोगिता सम्पन्न भएको छ । सदरमुकाम खलंगामा सोमबार र मंगलबार गरेर दुई दिन संचालन भएको प्रतियोगितामा दार्मा गाउँपालिका, ३ निवासी रमेश परियार प्रथम स्थान हासिल गर्न सफल भए भने त्रिवेणी गाउँपालिका १ की हरीकुमारी पुनले दोस्रो स्थान ल्याइन । यस्तै बनगाड कुपिण्डे नगरपालिका ८ की दलिकुमारी पुनले तेश्रो स्थान हासिल गर्न सफल भइन् । उत्कृष्ट प्रतियोगिहरूलाइ क्रमश नगद २० हजार, १० हजार र ७ हजार रूपैया पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा संचालन भएको प्रतियोगितामा सल्यान जिल्लाका विभिन्न स्थानीय तहका सात जना प्रतियोगी सहभागी भएको कार्यालयका सुचना अधिकारी ध्रुव बहादुर खत्रीले जानकारी दिए ।पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असबिर बुढाथोकीले सीपमूलक तालिम तथा प्रतियोगिताहरूले स्थानीयस्तरमा सीपयुक्त जनशक्ति उत्पादन गर्न महŒवपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै कटाइ सिलाइ जस्ता पेशागत सीप सिकेर आर्थिक रूपमा सक्षम बन्न सकिने धारणा व्यक्त गरे । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सल्यानका प्रमुख श्यामलाल खरालले आगामी दिनहरूमा पनि स्थानीय नागरिकलाई रोजगारीमुखी सीपमूलक तालिम तथा प्रतियोगिताहरू सञ्चालन गर्दै जाने बताए । प्रतियोगिताको बिषय विज्ञकारूपमा पाण्डव कुमार दमाई रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?