ट्रेंडिंग:

>> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने >> बालेनले सम्बोधन गर्ने ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु >> पूर्णबहादुर खड्का प्रतिनिधिसभा चुनाव नलड्ने >> रास्वपाबाट धादिङ–१ मा आशिका तामाङ उम्मेदवार >> स्पेनमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ३९ पुग्यो >> सुनचाँदीको भाउमा फेरि कीर्तिमान, सुन तोलाको २ लाख ८२ हजार >> प्रचण्डका पूर्व स्वकीयले पाए टिकट, ज्वाला र बस्नेत बाहिरिए >> कपिलवस्तु सामुदायिक अस्पतालका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण >> कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने >> युवा तथा खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा >> लुम्बिनीमा पर्यटक सूचना केन्द्र >> देशले काँध खोजिरह्यो, युवा बाटो खोजिरहे ! >> नेपालमा जैविक खेतीको सम्भावना र चुनौती >> निर्वाचन आचारसंहिता कार्यान्वयन: सरकारी नियुक्ति, सरुवा र बढुवा आजदेखि बन्द >> ग्याँस सिलिन्डर दुर्घटना र सावधानी  >> अलपत्र सडक योजनामा १८ करोड बजेट सुनिश्चित >> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ?

शिक्षामा कृत्रिम बौद्धिकताको प्रभाव

२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार

शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स् (एआइ) को प्रभावलाई समालोचनात्मक दृष्टिकोण राखेर विश्लेषण गर्न थालिएको छ । सूचना प्रविधिको द्रूततर विकाससँगै एआइको बढ्दो प्रयोगका कारण मानव जीवनका हरेक गतिविधिमा यसको प्रभाव बढेको छ । शिक्षा क्षेत्रमा पनि एआइको प्रयोग कक्षा कोठाभित्र र बाहिर निरन्तर बढिरहेको छ । आजकल प्रायः शिक्षक र विद्यार्थीहरूले एआइ माध्यमहरूको उपयोग बढाइरहेका छन् । एआइको बढ्दो प्रयोग सँगसँगै यसको फाइदा र चुनौति वा समस्याका बारेमा पनि चर्चा सुरू भएको छ । ज्ञान निर्माण, संप्रेषण र प्रबोधीकरणमा छिटो, सजिलो र सस्तो माध्यम बनेको एआइले विभिन्न समस्याहरू पनि सँगसँगै निम्त्याएको छ । तसर्थ एआइको सही उपयोग र समस्यालाई न्युनीकरण गर्ने सिप र नैतिकताको अभ्यास हुनु आवश्यक छ ।

क. शिक्षामा एआइको सकारात्मक उपयोगः ज्ञान निर्माणका लागि निरन्तर अभ्यास र प्रयोग, चिन्तन, अध्ययन जस्ता तरिका अपनाइने गरिएको छ । एआइको विकाससँगै ज्ञानको स्रोत र विकास केही सेकेण्डमै गर्न सकिने भएको छ । रोबोट मानवले विभिन्न कार्य गरिरहेको, सोफिया रोबोटले नेपालको परिचय दिंदै भाषण गरेको, सेन्सर ढोका वा ह्याण्ड वाश लगायतका प्राविधिक क्रियाकलाप भैरहेका छन् । आजकल च्याटजिपिटि -(ChatGPT ), क्वेशनएआइ (questionai) र पछिल्लो समयमा डिपसिक (deepseek) जस्ता कृत्रिम बौद्धिकता माध्यमहरूले हामीले सोधेका कुनैपनि प्रश्नहरूको जवाफ केही सेकेण्डभित्रै दिन्छन् । यिनी निशुल्क एआई माध्यमहरूका आधारमा जतिसुकै जटील प्रश्नहरू पनि सजिलो जवाफ मिल्ने भएकोले शिक्षक र विद्यार्थीहरूमा लोकप्रीय बनेका छन् । त्यसैगरी कुनैपनि विषयवस्तुमा तालिम कार्यशाला वा गोष्ठी प्रस्तुतिका लागि आवश्यक पावरपोइन्ट, स्लाइड्स् आवश्यक विषयवस्तु र स्लाइड्स् संख्या शब्द, चित्र र तालिका वा ग्राफसहित निर्माण गर्न सकिन्छ । यसका लागि स्लाइड मेकर (slidemaker) को प्रयोग गर्न सकिन्छ । यसैगरी napkins, diffit, teachly, scholarai, briskteaching जस्ता एआइ साधनको प्रयोग गरेर शिक्षक तथा विद्यार्थीले कुनैपनि प्रकारका समस्या समाधान गर्न सक्छन् । नयाँ नयाँ ज्ञानको खोजी गर्नका लागि ल्यापटप र इन्टरनेटको उपलब्धता र ती साधन सञ्चालन गर्न सक्ने ज्ञानमात्र आवश्यक पर्दछ । यी एआइ साधनको प्रयोग गरी स्वतन्त्र तरिकाले बैयक्तिक आवश्यकतामा आधारित ज्ञानको खोजी गर्न सहयोग पुग्दछ । सिकारुले आफ्नै सिकाई गति, समय, आवश्यकता अनुसार ज्ञान निर्माण गर्न सक्ने भएकोले एआइ हरेक स्तर र क्षमताका विद्यार्थीका लागि उपयोगी देखिन्छ । एआइबाट प्राप्त ज्ञानलाई रुजु गर्ने, पुष्टि गर्ने, सम्पादन गर्ने जस्ता थप एआइ साधनहरूको विकास भएको सन्दर्भमा एआइको प्रयोगबाट प्राप्त ज्ञानलाई थप परिष्कृत गर्न सकिन्छ । त्यसैगरी एआइका कारण अनलाइन कोर्सहरू पूरा गर्नका लागि सहज भएको छ । त्यसैगरी शिक्षक र विज्ञ शिक्षकको अभाव भएको अवस्थामा एआइको सहायताबाट ज्ञान प्राप्त गर्न सजिलो भएको छ ।

ख. शिक्षामा एआइको नकारात्मक प्रभावः कृत्रिम बौद्धिकताको उपयोगिता र लोकप्रियता बढिरहेको छ । तापनि एआइ प्रयोगका धेरै चुनौति र समस्याहरू रहेका छन् । धेरै मानिसहरूले एआइको प्रयोग गर्दा शिक्षक विद्यार्थीले सजिलै जवाफ पाउने र त्यो जवाफ मौलिक नभै मसिनबाट निर्मित एकतर्फी खालको हुन्छ । त्यसैगरी यस प्रकारका ज्ञानको सिधै कपि पेस्ट गरिने भएकोले एकातिर विद्यार्थीहरूले मेहनत गर्न छाडेका र अर्कातिर विद्यार्थीको मौलिक सिर्जनात्मक सिप कमजोर बनेको हुन्छ । यसले गर्दा विद्यार्थीमा कक्षा कोठामा ध्यान नहुने, शिक्षकका निर्देशनको पालना नगर्ने, गृहकार्य, कक्षा कार्य र अभ्यास नगर्ने बानीको विकास हुन्छ । समालोचनात्मक तथा सिर्जनात्मक सिपको अभावका कारण विद्यार्थीहरू औपचारिक सिकाई वा ब्यवहारिक जीवनमा आइपर्ने समस्याहरूको समाधान खोज्न सक्दैनन् । त्यसैगरी एआइबाट प्राप्त ज्ञान पाठसँग सम्बन्धित पूर्ण क्षेत्र समेटेको नहुन सक्छ । कतिपय उत्तरहरू अपूर्ण वा सर्बपक्षीय दृष्टिकोण सहितको नहुनसक्छ । अर्कोतर्फ ज्ञानको स्रोत प्रमाणिक खालको नहुने भएकोले प्राप्त ज्ञान र सूचनालाई आधिकारिकता दिन मुस्किल हुन्छ । मुख्यगरेर शिक्षण संस्थाहरूले विद्यार्थीको सिर्जनशीलतालाई नोक्सान गर्ने गरेको, शिक्षक केन्द्रित विधिको प्रयोगका कारण प्रभावकारी शिक्षण नभएको र शिक्षाको गुणस्तर कमजोर हुनुमा विद्यार्थीको भूमिका पूर्ण नभएको भन्ने चर्चा चलिरहेका बेला एआइका माध्यमबाट विना मेहनत प्राप्त हुने ज्ञानको महत्व खास हुदैन । विद्यार्थीले ज्ञान आर्जनमा अपनत्व प्राप्त गर्दैन । तर बौद्धिक चोरीकाकारण थप जटीलता र कानुनी परिबन्दमा पर्ने खतरा हुन्छ । केही वर्ष पहिला त्रिभुवन विश्वविद्यालयका एकजना पूर्व कुलपति बौद्धिक चोरीको आरोप लागेका र त्यसकाकारण उनले प्राप्त गर्नसक्ने नियुक्ति विवादमा पर्नुपरेको थियो । तसर्थ एआइको पूर्ण ज्ञान विना सजिलो तरिकाले गृहकार्य वा लेखन प्रतिवेदन तयार पार्नेहरूका लागि कुनै समयमा धोका हुनसक्छ । अर्थात् एआइ स्वयम्मा धोका होइन कि यसबाट प्राप्त ज्ञानलाई प्रयोग गर्ने सिप विकास भएन भने धोका हुनसक्छ । अर्थात् प्रयोगकर्ताको सिपले धोका दिन्छ । प्राप्त ज्ञानलाई सही तरिकाले प्रयोग गर्नु आवश्यक हुन्छ ।

ग. सामाजिक असमानता र एआइः नेपालको वर्तमान भौतिक विकासलाई हेर्ने हो भने एआइका कारण सामाजिक असमानता बढ्ने देखिन्छ । अहिलेसम्म पनि विद्युतको नियमित आपूर्ति हुन नसकेको, आइसिटी साधनहरू उपलब्ध नभएको, इन्टरनेट सेवा नभएको र भएको ठाउँमा पनि गुणस्तर नभएको, साधनस्रोत भएतापनि सञ्चालन सिपको अभाव, शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न तहका सरकारहरू पनि डिजिटल सिकाइका लागि अग्रसर हुने नगरेका कारण एआइको उपयोग गर्न कठिन देखिन्छ । सूचना प्रविधिमा पहुँच र सञ्चालन सिपको अभावमा अहिलेको मानिस अशिक्षित जस्तै भएको छ । डिजिटल साक्षरता पश्चात् जेनेरेटिभ एआइको माध्यमबाट ज्ञानको निर्माण गर्न सकिन्छ । तर, नेपालमा कम्प्युटर र इन्टरनेटको उपलब्धता र सिप विकास गर्नु नै सामान्य भैसकेको छैन । साधारण तरिकाले सूचना प्रविधिको सञ्चालन गर्न नसक्नेहरूका लागि एआइको उपहार बोकालाई कुभिण्डो जस्तै भएको छ ।

घ. निष्कर्षः कृत्रिम बौद्धिकता वर्तमान युगको एउटा उत्कृष्ट उपहार हो । यसका माध्यमबाट हरेक प्रकारका ज्ञान प्राप्ति, समस्याको सरल समाधान र छिटो समाधान प्राप्त हुने गर्दछ । जेनेरेटिभ एआइका माध्यमबाट शिक्षा क्षेत्रमा लागेका शिक्षक एवम् विद्यार्थीहरूले धेरै फाइदा लिन सक्छन् । तर, प्राप्त ज्ञानलाई सही सदुपयोग गर्ने, सिर्जनशील चिन्तनको विकास गर्ने, बौद्धिक चोरीबाट जोगिने, प्राप्त ज्ञानलाई रुजु गर्ने र विशेषगरी नैतिक पक्षको पालना गर्ने कार्यमा प्रयोगकर्ताहरू सचेत हुनुपर्ने देखिन्छ । तसर्थ एआइको बुद्धिमतापूर्वक उपयोग गर्नु नै अहिलेको माग हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?