ट्रेंडिंग:

>> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि

लाखौं जनता सडकमा उतारिने छः प्रचण्ड

२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार

बुटवल, २८ फागुन ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने चेतावनी दिएका छन् ।

बुटवलमा बुधबार आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्धनले भ्रष्टाचार र विचौलियाको पक्षमा गतिविधि गरेको आरोप लगाउँदै जसका कारण जनतामा असन्तुष्टि बढेको दावी गरे । यही परिस्थितिको फाइदा उठाउँदै इतिहासबाट विस्थापित प्रतिगामी तत्वहरूले पुनः सक्रिय हुने प्रयास गरिरहेको उल्लेख गर्दै उनले यस्ता हर्कतविरुद्ध जनता सडकमा उतारिने उनले बताए।

अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदानबाट स्थापित भएको र यसले उत्पीडित समुदाय तथा क्षेत्रका अधिकार सुनिश्चित गरेको स्पष्ट पारे । उनले पछिल्लो समय संघीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्व जस्ता उपलब्धिहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै यस्तो कदम सह्य नहुने बताए ।

“प्रतिगामी शक्तिहरू व्यवस्थामाथि प्रहार गर्न खोजिरहेका छन् भने भ्रष्ट र दलाल तत्वहरू जनताका अधिकार खोस्न उद्यत छन् । माओवादी पार्टी यस्ता सबै षड्यन्त्रविरुद्ध दृढताका साथ उभिनेछ,” उनले भने । उनले परिवर्तनको रक्षा गर्दै देशलाई स्थायित्व दिन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै जातीय क्षेत्रीय मोर्चाहरूको सक्रियता आवश्यक रहेको बताए । उनले समाजवादी क्रान्तिमा पनि जातीय क्षेत्रीय मोर्चाहरूको भूमिका अझ महत्वपूर्ण रहेको निष्कर्ष पार्टीले निकालेको जानकारी दिए ।

“हिजो जनयुद्धका क्रममा जातीय क्षेत्रीय मोर्चाहरू निर्णायक बने, त्यसैले अब समाजवादी क्रान्तिमा पनि यी मोर्चाहरूलाई पुनः सक्रिय बनाउने नीति लिइएको छ । तामाङ, गुरुङ, थारु, मगर लगायतका मोर्चाहरूको सम्मेलन सम्पन्न भइसकेको छ भने बाँकी मोर्चाहरूको पुनर्गठन प्रक्रिया अघि बढाइनेछ,” उनले स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले मगर समुदायको योगदान उच्च रहेको भन्दै प्रथम सहिद लखन थापा मगरदेखि जनयुद्धका हजारौं सहिदहरूको बलिदानको चर्चा गरे । उनले मगर समुदायका योद्धाहरूले गरेका बलिदानकै कारण आज उत्पीडित समुदायबाट राष्ट्रपति, सभामुख जस्ता उच्च पदमा पुग्ने अवसर प्राप्त भएको बताए ।
“परिवर्तनको रक्षा पनि उत्पीडित वर्गबाटै हुनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र अधिकारको रक्षा गर्न सबै उत्पीडित समुदाय अगाडि आउनुपर्छ,” उनले जोड दिए ।

कार्यक्रममा मगर राष्ट्रिय मुक्ति मोर्चाका नेताहरू, स्थानीय जनप्रतिनिधिहरू, तथा माओवादी केन्द्रका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

बुटवलका मुख्य समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणका लागि शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

बुटवलमा मेयर खेलराज पाण्डेसँग भेटघाट गर्दै अध्यक्ष प्रचण्डले पार्टीको जागरण अभियान झापादेखि रौतहटसम्म जनताले उत्साहपूर्वक स्वागत गरेको उल्लेख गर्दै बुटवलमा पनि आफूलाई राम्रो स्वागत प्राप्त भएको बताए।

मेयर पाण्डेले अध्यक्ष प्रचण्डसमक्ष बुटवलका तीन प्रमुख समस्या– ज्योति नगरको पहिरो नियन्त्रण, सुकुम्बासी समस्या, तथा सामुदायिक विद्यालयमा विद्यार्थी अत्यधिक भएकाले भौतिक संरचना अभाव रहेको विषय राखेका थिए।

अध्यक्ष प्रचण्डले यी समस्याहरू प्रति गम्भीर रहेको बताउँदै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। उनले देशभर कतिपय सामुदायिक विद्यालयहरू विद्यार्थी कम भएका कारण गाभ्ने अवस्था आएको बेला बुटवलमा भने विद्यार्थी संख्या अत्यधिक हुनु सुखद पक्ष भएको बताए।

“शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्छ। बुटवलका विद्यालयहरूमा विद्यार्थीको चाप बढ्नु सकारात्मक पक्ष हो, यसको दीर्घकालीन समाधानका लागि पहल गरिनेछ,” उनले भने । अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्या बुटवल मात्र नभई देशभर व्याप्त रहेको उल्लेख गर्दै यसको समाधानका लागि दीर्घकालीन र न्यायोचित नीति अवलम्बन गर्नुपर्ने बताए ।

बुटवल उपमहानगरपालिकाले अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै मेयर पाण्डेले ज्योति नगर क्षेत्रमा पहिरोका कारण सिर्जित समस्याहरू समाधान गर्न विशेष पहल गरिदिन आग्रह गरे। अध्यक्ष प्रचण्डले सरकार र सम्बन्धित निकायहरूसँग समन्वय गरी पहिरो समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?