ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

यो वर्ष  दाङमा १४ हजार बढी विद्यार्थीले एसईई दिँदै 

२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार
दाङ, २८ फागुन ।
दाङमा यो वर्ष ४७ वटा परीक्षा केन्द्रबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइई दिँदैछन् । यो वर्ष सामुदायिक तथा निजी गरी २ सय ५४ वटा विद्यालयबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइई दिन लागेका हुन् ।
परीक्षा दिनेमा छात्र भन्दा छात्राको संख्या धेरै छ ।  शिक्षा विकास तथा समन्वय एकाई दाङका अनुसार ६ हजार ७ सय ६६ छात्र र ७ हजार ४ सय ८८ जना छात्राले एसइई दिन लागेका  प्रमुख देवमणि चाैधरीले जानकारी दिए । एकाई प्रमुख  चाैधरीका अनुसार गतवर्ष जिल्लामा १२ हजार ८ सय ९८ जनाले एसइई दिएका थिए ।
जिल्लामा यो वर्ष एसइई दिनेमा छात्रभन्दा ७ सय २२ जना बढी छात्रा छन् । एसइई दिनेमा छ हजार ७ सय ६६ छात्र र ७ हजार ४ सय ८८ जना छात्राको संख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइ दाङका प्रमुख चाैधरीले जानकारी दिएका छन् ।
उनले नियमिमतर्फ ५ हजार ५ सय ८१ छात्र र ५ हजार ९ सय ६५ छात्रा गरी ११ हजार ५ सय ४६ जना, प्राविधिक धारतर्फ छात्र १ सय ८२ र छात्रा १ सय ६८ जना गरी ३ सय ५० जना, गे्रटवृद्धि समूह साधारणतर्फ छात्र ९ सय ९३ र छात्रा १ हजार ३ सय ३७ गरी २ हजार ३ सय ३० जना तथा गे्रटवृद्धि प्राविधिकतर्फ छात्र १० जना र छात्रा १८ जना गरी २८ जना विद्यार्थीले एसइई दिन लागेका हुन् ।
जिल्लामा यस वर्ष ५ जना दृष्टिविहीन विद्यार्थीले पनि एसइई दिन थालेका छन् । जसमा तुलसीपुरमा रहेको श्रोत कक्षा गुरुजजुर माध्यमिक विद्यालयबाट ३ जना छात्र र १ जना छात्रा गरेर ४ जना र आदर्श माध्यमिक विद्यालय लालमटियाबाट १ जना छात्रले एसइई दिन थालेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङले जनाएको छ ।
जिल्लाका दश वटै स्थानीय तहमा विद्यार्थीलाई पायक पर्ने गरी यो पटक परिक्षा केन्द्र निर्धारण गरिएको शाखा अधिकृत तिलकराम बन्जाडेले  बताए ।
चैत्र ७ गते बिहीबारदेखि १९ गते मंगलबारसम्म बिहान ८ बजेबाट ११ बजेसम्म परीक्षाको समय तालिका रहेको छ ।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । उक्त दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।
दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । उक्त दिन गैर नेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ ।
चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ । १९ गतेसम्म हुने परीक्षामा विद्यार्थीहरुले रोजेको विषय अनुसार परीक्षा हुने गरी तालिका सार्वजनिक गरिएको छ ।
परीक्षाको मिति नजिकिँदै गर्दा परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पठाउनेदेखि आवश्यक तयारी तीव्र पारिएको समन्वय एकाईले जनाएको छ ।
परीक्षार्थीका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने अन्य परीक्षा सामग्रीहरु पनि सम्बन्धित निकायमा पुगिसकेको कार्यालयले जनाएको हो । यसैगरी, परीक्षा हुने विद्यालयका केन्द्राध्यक्ष लगायतलाई आवश्यक अभिमुखीकरणसमेत गरिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?