ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

कछुवा गतिको निर्माणमा सुधारको पहल

२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार

लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री शंकर पोखरेलको पालामा सुरुवात भएको बुटवलको धागो कारखाना, चरंगे हुँदै पाल्पाको झुम्सा जोड्ने सडक अझै सम्पन्न हुन सकेको छैन् । यो सडक निर्माणको कछुवा गतिले स्पष्ट गर्दछ– नेपालमा सडक निर्माणमा कतिसम्म लापरवाही गरिन्छ भन्ने कुरा । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले नै उदघाटन गरेको यो सडकको अवस्था पहिलेको भन्दा बिग्रिएको छ भन्दा आश्चर्य मान्नुपर्दैन । २० किलोमिटर लामो यो सडकमा लगानी भएको करोडौं रूपैया अहिले बालुवामा पानी सरह भएको छ । सडकको धेरै ठाउँमा पहिरोका कारण हिँडनै नमिल्ने गरी कन्तबिजोग छ । उक्त क्षेत्रमा काम गरेका सडककै इञ्जिनियर संभावित जोखिमको पहिचान नगरी लगानी गरिएकोले यो सडक अहिले भताभुंग भएको बताउँछन । अर्कोतर्फ यो सडक खण्डमा पर्ने चुरे पहाड अत्यन्त कमजोर छ । थोरै कम्पनमा पनि चुरे खस्किने अवस्था छ । कमजोर चुरेलाई चलाउँदा बर्षायाममा हिँडने अवस्था छैन । त्यसमाथि चुरे पहाडमा ठूला ठूला मेसिनको प्रयोग गरिएको कारण चुरेमा कम्पन भएको छ । संभावित जोखिमको आँकलन, पहिचान र संभाव्यता अध्ययन विनाको लगानी बालुवामा पानी सरह हुने यो सडक पछिल्लो उदाहरण हो । भौगर्भिक अध्ययन विना विकासको काम गर्दा पहाडी क्षेत्रका धेरै सडकको नियति यस्तै हुने गरेको यो सडकले उदाहरण प्रस्तुत गरेको छ । कमजोर चुरेमा डोजर चलाउँदा भूक्षय बढेको छ । त्यसले स्थानीय जनतालाई बर्षामा हिँडन समस्यामात्रै भएको छैन, मानवीय जोखिम पनि उत्तिकै बढेको छ । सम्भाव्यता अध्ययन बिनाको लगानी बालुवामा पानी सरह हुने यसअघि निर्माण भई असफल भएका विकास आयोजनाले पुष्टी गरिसकेका छन ।

यो सडकको अवस्था पनि त्यो भन्दा पृथक नहुने अवस्था छ । स्थानीय जनताको गाउँघरसम्मै मोटर आउला र घर आँगनबाटै मोटर चढेर सहर जाउँला भन्ने सपना थियो तर यो सडक बरदान भन्दा पनि अभिषाप बन्ने हो कि भन्ने चिन्ता छ । स्थानीय बासिन्दा गाउँघरका उत्पादन विक्री गर्न बुटवल र झुम्सा बजार झर्थे तर बर्षाको बेला गाउँको उत्पादन कुहिन थालेको छ । भएको ग्रामिण सडकमा डोजर चलेपछि बर्षामा हिँडनै समस्या हुने गरेको छ । अर्कोतर्फ स्थानीय जनतामा पहिरोको त्रास छ । दुई खण्डमा बिभाजित यो सडकको काम अहिलेपनि भैरहेको छ तर यो क्षेत्रबाट सडक बनाउन हुन्थ्यो कि हुदैन्थ्यो भनने कुरा अध्ययन विनै निर्माण सुरु भयो । सस्तो लोकप्रियताका लागि जहाँबाट पनि सडक छिराउने काम गलत रहेछ भन्ने कुरा यो सडकले पुष्टी गरेको छ । प्रत्येक बर्ष प्रदेश सरकारले यो सडकमा बजेट खन्याएको छ । चुरे क्षेत्र कमजोर हुँदा बर्षामा आउने पहिरोले हरेक बर्ष सडक क्षति गर्दै आएको छ । उक्त सडक खण्डको केही भाग राम्रो पनि छ तर जोखिम क्षेत्रको पहिचान नगर्दा गरिएको लगानी बालुवामा पानी हुने संभावना बढी छ । बर्षौ भैसक्दा पनि निर्माण सम्पन्न नहुनु एउटा अर्को रोग हो । यो आयोजनालाई बहुबर्षेमा लैजानु बिस्तृत अध्ययन प्रतिवेदन विना हचुवामा गरिएको लगानीबाट अव पाठ सिक्नुपर्ने भएको छ । प्रदेशकै गौरवमध्येको एक यो आयोजनालाई अव छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिनु जरुरी छ । त्यसमाथि प्रदेश सरकारको यो आयोजनामा करोडौं रकम खर्च भैसकेको छ । आयोजना निर्माणका क्रममा देखिएका अवरोध, बाधा ब्यवधान समाधान गरि एउटा राम्रो आयोजनाको रूपमा यसलाई समापन गर्नेतर्फ प्रदेश सरकारको ध्यान जाओस् । निर्माणमा देखिएको प्राकृतिक चुनौति समाधान गर्दै ठूलो लगानी भैसकेको यो सडकलाई अन्तिम किनारमा पु¥याउने काममा अवपनि बिलम्ब नहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?