ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

उद्यममा महिलाको मोह

पाठापाठी र खसीबोका गरी २ करोड ९ लाखको बिक्री भएका छन् । खसी बोका, दुध र तरकारी उत्पादनले गाउँमै पैसा कमाउने र खुसी बढाउने सन्देश दिएको छ ।
२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार

बुटवल, २८ फागुन ।
पाल्पाको वौघागुम्हाकी कान्तीसरा रानाले लामो समयदेखि बाख्रापालन गरिरहेकी छिन् । मुख्य पेशा नै बनाएर बाख्रा पालेकी उनलाई अहिले दुईचार हजारका लागि कसैसँग हात फैलाउन पदैन् ।आफ्नै मेहनतले घरमा पैसाको खाँचो टरेको छ । तरकारी र बाख्राहरू पाल्दै आएकी रानालाई उनलाई पहिले भने आर्थिक अभाव थियो । जब उनी मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाको सदस्य भइन्, उनलाई उनकै कामलाई व्यवसायिक बनाउन सहयोग पुग्यो ।
उनी भन्छिन्–‘पहिले स्थानीय जातका बाख्राहरू थिए । उनीहरूलाई लामो समयसम्म पाल्नु पथ्र्याे, थोरै पैसा कमाउन पनि लामो समय कुर्नुपर्ने अवस्था थियो । उब्जाएको तरकारी घरमा खान समेत पुग्दैनथ्यो । तर जब सहकारीसँग जोडिएपछि उद्यमी बन्नुपर्छ आर्थिक जोहो गर्नुपर्छ, जस्ले जे जानको छ त्यसैलाई नै व्यवसायिक बनाउनुपर्छ भनेर लागियो । अनि सफल पनि भइयो रानाले सुनाइन ।

उनको परिवारको मुख्य व्यवसाय नै बाख्रा पालन हो । अहिले पनि माउ पाठा गरेर ११ वटा बाख्रा छन् । यो वर्ष अलि कम छ, पाठा छन् । मैले पुरना माउहरू हटाएर नयाँ माउ थपेको छु । त्यसैले कम भएको हो । अहिले कोही ब्याउने र कोहीले भर्खरै बच्चा जन्माएका छन् । यो नयाँ जातका बाख्राहरूले एकै पटकमा दुई वा तीनवटासम्म बच्चा जन्माउछ । जन्मिएको पाँच महिनामा नै ३५ किलोसम्म हुन्छ यसैले पनि पाल्न सजिलो छ । बारी भरी उन्नत जातको घाँसहरू रोपेका छौ । गत वर्ष मात्रै मैले ३ लाख रुपियाँको बाख्रा बेचेको हो, अब यो वर्ष कति हुन्छ ।

राना भन्छिन्–‘हामीले बाख्रासँगै तरकारी पनि फलाउने र बेच्ने गरेका छौ । सिजन र बेसिर्जन दुबै समयमा तरकारी लगाउँछौ । सहकारी आफैले मूल्य निर्धारण गरेर लैजान्छ आन्नद छ । तरकारी कसरी बेच्ने भन्ने चिन्ता छैन । पैसा हँुदा सहकारीमा जम्मा गर्ने नहुँदा ऋण लिने सहकारी साथी जस्तै छ हाम्रा लागि । यसले गर्दा पैसाका लागि भौतारिनु परेको छैन । श्रीमानले देश छाड्नु परेको छैन् । हामी सबै परिवारका सदस्य सासु, म, श्रीमान र छोरा पनि यो व्यवसायमा लागि परेका छौ । गाउँ घरमै रहेर कमाउन र रमाउन सकेका छौ यसैमा खुशी छ हामीलाई ।

पाल्पाको २०६८ सालमा महिलाहरूले पनि आफुले गरेको कामलाई व्यवसायीक बनाउन सक्छन् भन्ने सोचलाई व्यवहारमा ल्याउनका लागि जन्मिएको सहकारी संस्था हो । मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था जस्ले जन्मिने बेलामा नै सबै महिला दिदी बहिनीहरू जसरी पनि आफुसँग जे जस्तो क्षमता छ त्यसकै आधारमा उद्यमी बनेर आर्थिक जोहो गर्ने भन्ने सपना बोकेर ८१ जना महिलाहरू सहकारीमा जोडिएर सहकारी संस्थाको जन्म भएको हो ।सहकारी शुरु गर्दा उनीहरूले बचत र ऋण भन्दा पनि आफुहरूलाई उद्यमसँग जोड्न बाचा गरे । त्यसबेला देखि नै सबै सदस्यहरूले आफुले जानेको गरेको कामलाई व्यवसायिक बनाउन लागि परे । तरकारी लगाउने दिदी बहिनीहरूले अलि धेरै त्यस माथि तरकारीको अलि राम्रो बिउको खोजी गर्न थाले । गाईभैसी पालन गर्न महिला दिदी बहिनीहरूले गाई भैसीबाट बढी दुध कसरी उत्पादन गर्न सकिन्छ ? भन्ने छलफल चलाए । त्यस लागि कस्ता गाईभैसी किन्ने र कस्तो खानेकुरा कसरी खुवाउने ? भन्ने जानकारीको खोजी गर्न थाले यसमा । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहकारी संस्थाले सदस्यहरूलाई सहयोग गरिरह्यो ।

सहकारी संस्थाका अध्यक्ष कमला भण्डारीले महिलाले कसरी हुन्छ उपाय निकाल्दै काम गरिरहेका हन्छन् । हामीले सहकारी मार्फत दिदी बहिनीहरूले गर्दे आएको कामलाई केहि परिमार्जन मात्रै गरेका हौ । जो दिदी बहिनीहरूले जे काम गरिरहनु भएको थियो । उनलाई विषय विज्ञको सहायताले सीपयुक्त बनाएर व्यवासयीक बनाएका हौं । त्यति मात्रै हाईन हामीले सहकारी मार्फत दिदीबहिनीहरूले उत्पादन गरेका तरकारी, दुध लगायतका साम्रगीहरुलाई उचित मूल्यमा खरिद गरेर बजारीकरणमा समेत सहयोग गरिरहेका छौ ।

सहकारी संस्था स्थापनादेखि नै हामीले थौरै तरकारी भए पनि स्थानिय बजारमा बिक्री गर्ने र किसान उपभोक्तालाई सिधै सम्पर्क गराएर बिचौलियाले खाने नाफा किसानकै हातमा पार्ने रणनीति ल्याएका हौं । अहिले त ६ सय ५५ जना महिला सदस्यहरू छन् । जस्ले कुनै न कुनै प्रकारको काम गरेर आय आर्जनमा जोडिनु भएको छ । यहि सहकारी संस्थामा बचत गर्नुहुन्छ । न्यूनतमा ब्याजमा ऋण लगेर व्यवसाय गर्नुहुन्छ । सहकारी अहिले पनि नाफा भन्दा पनि सदस्य महिलाहरूलाई अझै व्यवसायिक बनाउनका लागि विभिन्न योजनाहरू बनाईरहेका छौ । उनीहरूले उत्पादन गरेका बस्तुहरूलाई कसरी ब्रान्डिङ्ग गर्न सकिन्छ भन्ने तर्फ सोंच छ ।

तरकारी, दुध, स्थानयि र जमुनावारी जातका क्रसबाट उत्पादन भएका बाख्रा उत्पादन भईरहेका छन् । हाम्रा सदस्यहरूले उत्पादन गरेका बाख्राका पाठापाठीहरू पाँच महिनामा २८ देखि ३२ किलो सम्मका हुन्छ् । हामीले गत वर्ष पाठापाठी र खसी बोका गरी २ करोड ९ लाखको बिक्री गरेका थियौं । त्यसबाट सहकारीमा ५ लाख रुपिया नाफा भएको थियो । यो वर्ष त्यो भन्दा पनि बढीको बिक्रि गर्ने सोच छ, अध्यक्ष भण्डारीले बताईन । दुध अहिले तानसेन बजारमा दैनिक २ सय लिटर बिक्री भईरहेको छ सहकारी मार्फत । हामीले दुधमा नाफा नराखीकन किसानलाइए प्रति लिटर ९८ रुपिया दिएर बेचिरहेका छौं । यसलाई पनि अझै धेरै किसानलाई गाई भैसी पाल्न प्रोत्साहन गरिरहेका छौं , तानसेन बजारमा मात्रै पनि हामीले दुध पु¥याउन सकिरहेका छैनौं । त्यस कारण पनि हामी अझै लाग्नुपर्नेछ ।

तरकारी र सिर्जन र बेसर्जिन दुबै समयमा उत्पादन हुन्छ । समय र बजारलाई हेरेर बिक्रि गरेका छौ । यहाँ हामीले अरूको भन्दा कम मुल्यमा उपभोक्तालाई दिएका छौं । तरकारी त बुटवल पाल्पा सहित पोखरासम्म पुगेको छ । माग बढिरहेको छ, हामीले कसरी धेरै उत्पादन त्यो पनि अर्गानिक उत्पादन गर्ने भन्नेमा जोड दिएका छौं । आज पनि हामीले काउली, बन्दा, टमाटर सिजनको तरकारी दुई देखि तीन गाडी संकलन हुन्छ । हाम्रा सबै सदस्यहरूले गरेका त्यो बाहेक अरू १७ सय किसानले हामीलाई दैनिक तरकारी दिइरहनु भएको छ । साथै हामीले अदुवा बेसार जस्ता खाद्यान्नहरू पनि उत्पादन र बिक्री शुरु गरेका छौं । समुदाय विकास कृषक समुदायको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउने लक्ष्य छ । त्यसैगरी ताजा, जैविक तरकारीहरू–सिधै गाउँका किसानहरू माझबाट घरसम्म पु¥याउने । हाम्रो सहकारी मार्फत सहरवासीलाई गाउँलेहरूको मिहिनेत र प्राकृतिक तरकारीको स्वादमा जोड्नें हाम्रो उद्देश्य रहेको छ ।

सहकारीकी अध्यक्ष भण्डारीले भनिन् गाउँका यी खुशी किसानहरूसँग मिलेर, हामी ताजा र जैविक तरकारी सिधै तपाईंको घरको भान्सासम्म पु¥याउँछौं । स्वस्थ रहनुहोस्, स्वस्थ खानुहोस् भन्ने हाम्रो सहकारीसँग उद्देश्य रहेको छ । हामीले भखर्रे किसानले उत्पादन गरेको बेसारलाई काटेर सुकाएका चाना खरिद गर्ने र सहकारी आफैले शुद्धतालाई ख्यामा राखेर पिसेर बजारमा ल्याएको छ । यसलाई पनि ब्रान्डिङ्ग गर्न बाँकी छ । त्यसतर्फ पनि हामीले योजना बनाइरहेका छौं । यी सबै काम गर्नका लागि अहिले व्यवस्थापन समिति सहित १५ जना कर्मचारीहरुले काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?