Butwal Today

कास्कीमा बिहानै भूकम्पको धक्का

२७ फाल्गुन २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

आज बिहान कास्कीमा भूकम्पको धक्का महसुस भएको छ।

मंगलबार बिहान ४ बजेर ११ मिनेट जाँदा मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।

कास्कीसँगै गोरखा, लमजुड, पर्वत, स्याड्जासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।